विवेकशील नेपाली दलले रौतहटमा न्यानो माया बाड्दै

६ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


प्रमोद सहनी / रौतहट – रौतहटमा यसपालि बढेको चिसोको प्रभावलाई मध्य नजर गर्दै विवेकशील नेपाली दलले रौतहट जिल्लाको विभिन्न ठाउँमा न्यानो माया अभियान शुरु गरेका छन ।विवेकशील नेपाली दलको प्रदेश न। २ को कोषा अध्यक्ष विवेक शर्मा र उक्त पार्टीको रौतहट जिल्ला कार्य समितीको नेतृत्वमा र विवेकशील नेपाली दलको प्रवाश समिती कतारको आर्थिक सहयोगमा यो कार्यक्रम शुरु गरेको विवेकशील नेपाली दलको प्रदेश न। २ को कोषा अध्यक्ष विवेक शर्माले जानकारी गराएका हुन ।रौतहट जिल्लाको गरुडा नगरपालिका, गढीमाई नगरपालिका, राजपुर नगरपालिकाको विभिन्न वार्डहरुमा न्यानो माया बाड्दै छन ।बडेको चिसोको प्रभावका कारण प्रभावित बनेका गरिव,

असाहाय, एकल महिला, अनाथ बालबालिकाहरुलाई ब्लैङ्केट, ज्याकेट, स्विटर, सर्टपाइन्ट आदी समाग्रीहरु वितरण गरेको छ ।न्यानो माया बाड्दै विवेकशील नेपाली दलका निति सचिव संजिव भटराईले रौतहट लगायत तराई मधेशको जिल्लाहरुमा कुनै आपत विपत आए हाम्रो टिमले सहयोग गर्न हरदम तत्पर रहने बताएका हुन ।आउदो समयमा पनि यस जिल्ला कुनै प्राकृत समस्या आए हामी सँग हुने जतीको सहयोग गर्न प्रतिवद्ध रहेको वाहाँले बताउनु भएको छ ।यसरीनै विगत २०७४ सालको बाढी प्रभावित रौतहट क्षेत्रमा त्रिपाल, डोल, प्युस, मोर्टिन आदी समाग्री पनि बाड्ेका थिए ।अहिले न्यानो माया अभियान रौतहट जिल्ला समितिले रौतहट जिल्लामा संचालन गरको जानकारी गराएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया