परिवार नियोजन संघको प्रदेश संयोजकमा ज्योती पन्थी चयन

६ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


नेपाल परिवार नियोजन संघ प्रदेश पाँचको पहिलो अधिवेशनले प्रदेश संयोजकमा बर्दियाका ज्योति पन्थीलाई चयन गरेको छ । संघको बिधानमा प्रदेश संयोजकका मात्रै व्यबस्था भएकाले अधिवेशनले संयोजक चयन गरेको हो ।शनिबार र आईतबार दुई दिनसम्म बुटवलमा भएको अधिवेशनले केन्द्रीय प्रतिनीधिमा रुपन्देहीबाट दिनेशकुमार जोशी र जमुना ढकाल, दाङ्बाट तिर्थराज सन्तोषी र मायाँ पोखरेल, पाल्पाबाट सुधिरप्रसाद श्रेष्ठ र नवलपरासीबाट सपना अधिकारीलाई चयन गरेको छ ।

त्यस्तै युवाबाट सुरक्षा गिरीलाई चयन गरिएको नेपाल परिवार नियोजन संघले जनाएको छ ।नवनिर्वाचित संयोजक तथा प्रतिनीधिहरुलाई बधाई शुभकामना व्यक्त गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमाल कसजुले संस्थाले व्यक्ति भन्दा पनि यसले लिएका मुल उद्देश्य अनुसार काम गर्नुपर्ने भन्दै सोही अनुसार अंगाडी बढ्न सुझाव दिनुभयो ।नेपाल परिवार नियोजन संघको यहि माघ २३ र २४ गते केन्द्रीय अधिवेशनको मिति निर्धारण गरिएको छ । प्रदेश पाँचमा पर्ने जिल्लाहरु रुपन्देही, नवलपरासी, पाल्पा, कपिलबस्तु, दाङ्, बाँके र बर्दियामा शाखा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु