एक्सन प्रदान चलचित्र “पर्दाफास “को बुटवलमा प्रिमियर सो

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – एक्सन प्रदान चलचित्र पर्दाफास को बुटवलमा एकभब्य समारोह बीच प्रिमियर सो गरिएको छ  । बुटवलमा रहेको मिलन चलचित्र मन्दिरमा उक्त चलचित्रको बिशेष प्रदर्शनी गरिएको थियो । समाजमा रहेका बिबिध घटना क्रमलाई चलचित्रले उतार्न खोजिएको छ । बिशेष सो गरिएको उक्त चलचित्र हेर्न दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो ।

चलचित्र हेरिसकेपछि दर्शकहरु बाट राम्रो प्रतिक्रिया आएको चलचित्रका नायक शिब आचार्यले बताए ।चलचित्रको एक्सन पाटो दर्शकले रुचाएका छन । उक्त चलचित्रमा नायक शिबको अलावा ज्योती पोख्रेल , अमर कौशल , रक्षा पौडेल ,संकला गौतम ,राजकुमार शाह ,अमर गहतराज ,बसन्त राना (रंगिला) , सुदन गौतम ,लक्ष्मण कालिराज लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई बसन्त राना (रंगिला )ले निर्माण गरेका हुन् । उक्त चलचित्रको निर्माताको रुपमा निर्मल दर्नालको रुपमा रहेका छन । भने सह- निर्माताको रुपमा अमर गहतराज रहेका छन । चलचित्रको कथा शिब आचार्य र आकाश बुढाथोकीले लेखेका छन । चलचित्रमा द्वन्द निर्देशन देव महर्जनले गरेका हुन् । छायांकन रामकृष्ण चौलागाईले गरेका हुन् ।भने निर्देशन सुधन धितालले गरेका छन ।
यस पछि पाल्पा लगायत अन्य ठाउमा पनि प्रदर्शनि पछि चलचित्र हलहरुमा प्रदर्शन हुने जनाईएको छ ।