नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ लाभ

प्रकाशित मिति:

एजेन्सी /धर्म र अध्यात्म प्रति गहिरो आस्था राख्नेहरु नियमित पूजापाठ, भजन तथा भगवानको नाम जपिरहन्छन् ।ईश्वरमा आस्था राख्दा धार्मिक मान्यता अनुसार धर्म बढ्छ साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । ईश्वरको नाम लिनेहरुलाई देविदेवताको कृपा रहने र जीवनमा कुनै संकट नआउने विश्वास गरिन्छ ।तर नियमित पूजापाठ गर्नेहरुले भगवानको आराधना गर्दा केही विषयमा भने विशेष ध्यान दिनुपर्छ । नियमित पूजापाठ गर्ने गर्नु भएको छैन भने पनि गर्ने गर्नुस् यसले जीवनमा लाभ मिल्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

१ घरमा मन्दिर स्थापना-नियमित पूजापाठ कर्म गर्नेहरुले घरमा सानो मन्दिर स्थापना गरी त्यहि देवीदेवताको आराधना गर्नुपर्दछ । तर मन्दिर स्थापना गर्दा जुन भगवानको प्रतिमा राखे पनि तिनको प्राणप्रतिष्ठा गर्नुपर्दछ ।२ राशि अनुसारको पूजा-हरेक ब्यक्तिको जन्म समयको आधारमा निकालिएको कुण्डलीमा एक नाम हुन्छ, जसलाई हामी न्वारानको नाम भन्छौ । ब्यक्तिले आफ्नो वास्तविक नामको आधारमा बनेको राशि अनुसार देवीदेवताको पूजापाठ गर्नुपर्दछ ।३- तुलसीको पूजा-नियमित पूजा गर्नेहरुले घरमा तुलसी रोपि त्यसको पनि दैनिक पूजा गर्नु पर्दछ । जुन घरमा नियमित तुलसीको पूजा हुन्छ सो घरका मुख्य सदस्य सहित महिलाले लाभ कमाउने योग बन्दछ । साथै पूजाकर्तालाई ख्याति प्राप्त हुन्छ ।४ गाईको पूजा-गाई अर्थात गौमातामा सबै देवीदेवताको वास हुने धार्मिक मान्यता छ । धार्मिकशास्त्र अनुसार घरमा नियमित पूजापाठ गर्नेहरुले गाईको समेत पूजा गरी रोटी, हरीयो घाँस, ख्वाउनुपर्छ । यसो गर्नाले जीवनमा सुख प्राप्त हुन्छ ।

५- हनुमानको आराधनाहिन्दू धर्ममा हनुमान पूजन विशेष मानिन्छ । यदि लामो प्रयास पछि पनि कुनै काममा सफलता प्राप्त भइरहेको छैन भने हनुमानको आरधना विशेष मानिन्छ । तसर्थ नियमित पूजा गर्नेहरुले हनुमानको आराधना गरे विशेष फल प्राप्त हुन्छ ।मन्त्रको जप-धार्मिक मान्यता अनुसार पूजा गर्ने देवीदेवतालाई मन्त्रोच्चारण गरी पूजा गर्नुपर्दछ । साथमा हनुमान चालीसा, महामृत्युजय मन्त्र, गायत्री मन्त्रलाई निरन्तर जप गर्नुपर्दछ । तर कुनै पनि देवताको आराधना गर्नुपुर्व श्रीगणेशको आराधना गर्न अनिवार्य छ ।दान गर्नुहोस्धर्मशास्त्र अनुसार मात्र होइन मानवियताको आधारमा पनि अभावमा रहेकाहरुलाई गच्छे अनुसारको दान गर्नु पुण्यको काम हो । अझ नियमित भगवानको पूजापाठ गर्नेहरुले बेलाबेलामा दान गर्दा ईश्वरको कृपा प्राप्त हुन्छ ।