‘बाणगंगा नगरलाई पर्यटकीय केन्द्र बनाउने प्रमुख तगत माघी पर्वमा छ’ : विष्णु पंन्थी

प्रकाशित मिति:

कमल चौधरी/ कपिलबस्तु – प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विष्णु पंन्थीले बाणगंगा नगरलाई प्रर्यटकीय केन्द्र बनाउने प्रमुख तगत माघी पर्वमा रहेको बताउँनुभयो । उहाँले थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा एवंम आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् बाणगंगा –८ कपिलबस्तुको आयोजनामा सोमबार उदयपुर स्कुलमा अयोजित दुई दिने माघी महोत्सवको समुद्घट गर्दै यस्तो भन्नुभएको हो । प्रदेश सदस्य पन्थीले माघी पर्वले विभिन्न जातजाति समुदायको एकताको पर्व रहेको बताउँदै यस पर्वले बाणगंगा नगरलाई राम्रो पर्यटकीय केन्द्र बनाउँने प्रमुख तगत रहेको बताउँनुभएको हो । उहाँले बाणगंगा नगर आदिवासी जनजाति थारु, मगर संस्कृतिलाई लक्षित गरेर एउटा अन्र्तराष्ट्रिय धाम बनाउने बताउँदै आदिवासी जनजातिको भाषा, धर्म संस्कृतिलाई अन्र्तराष्ट्रिय धामले महत्वपूर्ण भुमिका खेल्ने बताउँनुभयो ।उहाँले भने–“आदिवासी जनजाति थारु, मगर समुदायहरुको होम स्टेहरु बाणगंगा नगरमा संचालन आवश्यक छ । प्रदेश सरकारले पनि आदिवासी समुदायका होम स्टेमको लागि आर्थिक सहयोग हुनको साथै पहुँनाहरुलाई हाम्रो संस्कृतिहरु आवलोकन गर्नुको साथै हाम्रो राम्रो आर्थिक पाटो संगै संस्कृतिहरुको विकास र आर्थिक विकास हुन्छ ।

” उहाँले अब यस बाणगंगा नगरमा बहुसंस्कृतिक पार्क, होम स्टे को विकास गर्र्दै आदिवासी जनजाति समुदायको आर्थिक पाटोलाई बलियो बनाउँदै संस्कृतिको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य एवंम कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पंन्थीले यस बाणगंगा नगरले आदिवासी जनजाति समुदायको लागि विभिन्न किसिमको कार्यक्रम गर्दै आएको बताउँदै अब आदिवासी जनजातिहरु स्वंय आफ्नो भाषा, संस्कृति जगेर्न गर्दै आर्थिक विकास गर्नु पर्ने कुरा औल्याउनभयो । त्यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नको लागि पर्यटकीय विकास हुन आवश्यक रहेको बताउँनुभयो । उहाँले हाम्रो संस्कृतिको जगेर्न गर्नको लागी आर्थिक आयआर्जन संग जोडिनको लागी पर्यटकीय विकास हुन आवश्यक रहेको बताउँनुभयो । उहाँले अब हामी थारु समुदायले आफ्नो भाषा र पहिचान सुनिश्चिताको लागी वि.स. २०७८ सालको जनगरणमा आफ्नो भाषा थारु र थर थारु स्पष्ट रुपमा लेख्न आवश्यक रहेको बताउँनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप संयोजक तारावति थारु, नेपाल मगर संघका केन्द्रय सदस्य लक्ष्मी सारु मगर, नेकपा प्रदेश सदस्य सुकै थारु, नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रेम नारायण पौडेल, बाणगंगा नगरपालिका वडा नं. ८ वडा अध्यक्ष गुणनिधी भुसाल, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य एवम् थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभाका सल्लाहकार भोजराज थारु लगायतले बोल्दै माघी एकताका पर्व बनोस् भन्दै शुभाकामना दिनुभएको थियो ।

कार्यक्रममा थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारु, थारु कल्याणकारीण सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय लेख सदस्य सुन्दर तारमु मगर, नगरिक समाजका जिल्ला अध्यक्ष डोलख बहादुर पच्छाई, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल, श्री जनसेवा निम्न माध्यमिक विद्यालयका प्रध्यापक ज्ञान प्रसाद पाण्डे लगायका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभाका अध्यक्ष नाथुराम थारुको अध्यक्षता, उपाध्यक्ष संक्रन्ती थारुको स्वागत तथा सचिव राम बहादुर थारुको संचालन रहेको थियो । पहिलो दिन भएको कार्यक्रममा मगर गुरुङ्ग समुदायको संस्कृति र भेष भुषा सहितको झाँकी निकाल्नुको साथै विभिन्न किसिमको थारु, मगर र गुरुङ्ग समुदायको संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, सोरठी नाच, सालैजो कौडा नाच लगायत रेकर्ड डान्स भएकोे थियो ।