ओली–मोदीले भिडियोमार्फत् एकीकृत जाँचचौकी उद्‌घाटन गर्दै

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
6 Shares

File

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपाेष्ट र नुवाकाेट तथा गाेरखामा पुनर्निमित आवास घरहरूकाे संयुक्तरूपमा आज उद्घाटन गर्दैछन्।

प्रधानमन्त्रीद्वयले बिहान ११ बजे भिडियाेमार्फत् संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारतले जाँचचौकी निर्माण गरिदिएको हो। उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र भारतबाट नेपालतर्फ ट्रक भित्रने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था