काँसको थालमा खाना खाँदा स्वास्थ्यलाई फाइदा

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ । खाना कसरी खान्छौं त्यसले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ ।पछिल्लो समय प्लास्टिक हाम्रो जीवनको एउटा अंग बनिसकेको छ । यसले हाम्रो जीवनमा गम्भीर किसिमका रोगहरु पनि निम्त्याउँदै छ । जस्तै, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरु हामीले प्लास्टिककै कारण निम्त्याउने गरेका छौं । यस्तो समस्याको बारेमा जनचेतना जगाउँदै गर्दा पनि यसको प्रयोग भने बढिरहेको छ ।धातुको भाँडावर्तन लाभदायक – धातुका भाँडाहरु खानेकुराको प्रकृति अनुसार मिलाउन सके यो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । त्यसमा पनि काँसका भाँडाहरु बहुउपयोगी हुने गर्छन् । यसको प्रयोग सबैभन्दा पहिले संहिता कालदेखि सुरु भएको पाइएको छ । त्यही समयदेखि धेरैले यसको प्रयोग गर्दै आएको छन् ।यो धातुहरु मध्येको विशिष्ठ किसिमको धातु हो । काँसमा कपरको मात्रा ७८ प्रतिशत र टिनको मात्रा २२ प्रतिशत हुन्छ । यी दुई धातुलाई ७०० सेन्टिग्रेटसम्म तताएर शुद्ध चरेस बनाउन सकिन्छ । यो आफैंमा नरम किसिमको धातु हो । यसको नरमपनाको कारणले नै यसलाई विभिन्न किसिमका हस्तकलाहरुमा पनि प्रयोग गर्ने गरिन्छ ।

यसको प्रयोग खाना खाने थाल, पानी पिउने अम्खरा जस्ता भाँडाकुडा बनाउन पनि प्रयोग गरिन्छ । यस्तोमा खाना राखेर खानु स्वास्थ्यको लागि समेत फाइदाजनक मान्ने गरिन्छ ।कपर वा पित्तलको भाँडोमा अमिलो खानेकुराहरु राख्न या पकाउनु स्वास्थ्यको लागि हानिकारक मानिन्ट ।यी धातुले अमिलो पदार्थ, नुन र कागतीसँग मिल्दा रासायनिक प्रतिक्रिया गराउने भएकोले यी भाँडाहरुमा यस्ता खानाहरु खानु हुँदैन ।यस्ता खाना पकाउनको लागि त्यही भएर पनि यी भाँडाहरु सिफारिस गर्ने गरिँदैन । तर, काँसको भाँडामा बढी अम्लीय पदार्थ भएका खाद्य पदार्थ पनि रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैले यो भाँडा खाना खान र पकाउनको लागि राम्रो मानिन्छ ।काँसका भाँडाका फाइदाहरु – आयुर्वेद प्रकाश नामक ग्रन्थका अनुसार काँसको भाँडामा खाना पकाउँदा या खाँदा निम्न फाइदाहरु हुन्छन् ।शुद्ध हुने – कुनैपनि मानिसलाई स्वस्थ राख्नको लागि उनीहरुले खाने भाँडा र पकाउने भाँडा कस्तो छ रु त्यसको पनि असर हुन्छ । यसले पौष्टिकतामा मात्रै नभएर स्वादमा पनि प्रभाव पार्ने गर्दछ । मानिसको शारीरिक स्वस्थको आधार खानाको पाचन प्रणालीसँग जोडिएको हुन्छ । खानाको पाचन प्रणाली सहज र सरल बन्नु नै स्वास्थ्यको पहिलो आधार हो । काँसको भाँडा वा चरेस मिसाइएको भाँडामा खाना पकाउँदा त्यो खाना आफैंमा शुद्ध हुने गर्छ । त्यसले यसले शरीर भित्र पुगेपछि हुने पाचन प्रणालीलाई पनि सहयोग पुर्‍याउँछ ।

यो हाम्रो शरीरको लागि असाधारण स्वास्थ्यबर्द्धक सम्पत्ति पनि हो ।आयुर्वेदिक भौतिक शास्त्रीहरुले समेत काँसमा खाना खानुलाई एक किसिमको चिकित्सा विधिको रुपमा चर्चा गरेका छन् । यसले शरीरमा प्रवेश गर्ने सम्भावना रहेका जीवाणुहरुलाई मारेर खानालाई हाइजनिक बनाइराख्न मद्दत गर्छ ।संस्कृत वाक्यांशमा ‘कांस्यांम् बुद्धिबर्धकम्’ भनिएको छ । जसको अर्थ कांस्य धातुमा खाना खाने वा पकाउनु बुद्धिकर्धक हुने गर्दछ भन्ने हुन्छ । यस्तो शुद्ध धातुमा खाना खानुले रोग प्रतिरोधात्मक क्षमताको समेत विकास हुने सो शास्त्रमा उल्लेख छ ।कसरी हुन्छ यसको काम – यसलाई राम्रोसँग प्रयोग गर्न सकेको खण्डमा यो स्वास्थ्यको लागि एकदमै स्वास्थ्यबर्द्धक हुने गर्छ । यसलाई कसरी प्रयोग गर्ने रु भन्ने सम्बन्धमा ३ वटा विषयहरु आउने गरेका छन् ।१। कुनैपनि काँसको भाँडोमा कम्तिमा ८ घण्टासम्म पानी भिजाएर राख्न सकिन्छ । त्यसले भोक लागेको बेलामा पौष्टिक खाजा खाएको जति सन्तुष्टि र तागत दिने गर्छ । यस्तो पानी बासी हुने गरी राख्नु हुँदैन । यसरी समय मिलाएर खान सकेको खण्डमा हामीलाई हुनसक्ने डायरिया, जण्डिस जस्ता रोगहरु बिरुद्ध लड्न पनि मद्दत गर्ने गर्छ ।४। यसलाई दिमागी शक्तिवर्द्धक औषधि पनि मान्ने गरिन्छ ।४। यसकाका भाँडाहरूबाट पिउने र खानपान गर्नु थाइराइड ग्रन्थीका लागि उत्तम मानिन्छ ।५। काँसको भाँडा अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्नको लागि दैनिक प्रयोग गर्न सकिन्छ । यसले पनि हेमोग्लोबिनमा सुधार गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कम्युनिष्टले जनताको अपमान गरेको कांग्रेस नेताहरुको ठहर
  • रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान
  • प्रधानमन्त्रिले असंवैधानिक कदम सच्चयाउनुपर्छ : सिंह
  • लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा…
  • नेपाल रेडक्रस सोसाइटी पन्चनगर उपशाखाको साधारण सभा सम्मपन्न
  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…