चाड पर्वमा रगतको अभाव हुन नदिन एकैदिन छ स्थामा रक्तदान

प्रकाशित मिति:

यमलाल भुसाल
बुटवल २० असोज
चाड पर्वमा रगतको कमी नहोस भनी सामाजिक कार्यमा रुची राख्ने युवा युवतीहरुको समुह ( एमडव्लु आरआर ) को आयोजनामा शनिवार बुटवल सहित मुलुकका छ स्थानमा एकै साथ रक्तदान कार्याक्रम सम्पन गरिएको छ ।
एमडव्लु आरआर को आयोजनामा बुटवल , काठमाण्डौ, पोखरा, ईटहरी, झापा,र चितवनमा रक्तदान कार्यक्रम गरि रगत संकलन गरिएको छ ।
बुटवलको पुरानो बसपार्क नजिक रहेको होटल ग्रान्डमा आयोजना गरिएको कार्यक्रममा ५५ जनाले रक्तदानमा गरेका छन । एमडव्लु आरआरको युवा समुहले शनिवार बुटवल लगाएत मुलुकका ६ स्थानमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले यस क्षेत्रमा रगतको अभावमा कोही कसैले मृत्यु वरण गर्न नपरोस भनी सवै क्षेत्रको सहयोग जरुरी रहेको औल्याउनु भयो ।
होटल ग्रान्डका संचालन तथा समाज सेवी लेखनाथ भण्डारीले सवै रगत समुहलाई अलग अलग समुहमा विभाजन गरी व्यवस्थापन गरेमा आवश्यक पर्दा खोज्न सजिलो हुने धारणा राख्नु भयो । नविना वस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन राजु टण्डनले गर्नु भएको थियो ।