नेपाल भ्रमण वर्ष २०२० भब्य र सभ्य बनाउँ

प्रकाशित मिति:

भ्रमण वर्ष सफल पार्न हामी नै अघि सर्नुपर्छ
निस्वार्थ भई सामाजिक काम हामीले नै गर्नुपर्छ ।।

देशको अर्थतन्त्र बचाउन पुर्याउँछ यसले सहयोग
विकास गर्न स्थानीय सामग्रीको नै गर्नुपर्छ प्रयोग।

जहाँ सुन्दर गुलाब फुल्छ त्यहाँ भमरा डुल्नु स्वभाविक हो ।हाम्रो देश त्यहि सुन्दर गुलाब हो जहाँ हरेक पर्यटन घुम्न आउनु प्रशंसा गर्नु ठूलो कुरा भएन ।प्राकृतिक सुन्दरताले भरिपुर्ण घुम्नलायक प्रशस्त ठाउँ भएको देश हो यो।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अनेक ठाउँ छन् यहाँ तर यी ठाउँमा घुमाउने व्यक्तिको सोच बस्ने वास कस्तो हुन्छ यसमा भर पर्छ ।जबसम्म हाम्रो सोच बदल्न सकिदैन पर्यटनको सम्मान गर्न आउँदैन न त देशमा पर्यटन आउँछन् न त देशको अर्थतन्त्र बलियो हुन्छ कि कसो सरकार??

जहाँ भोजनमा मासु भात हुन्छ त्यो नेपाली खाना होइन ।खानामा ढिँडो र गुन्द्रुक होस् घुम्दा मन्दिरैमन्दिर अग्ला हिमाल रमणीय ठाउँ वाह!साच्चिकै आउँछन् पर्यटन ।यि सम्पूर्ण कुराले भरिपुर्ण छ यो देश पर्यटन भित्रिनु भनेकै देशको अर्थतन्त्र बलियो हुनु हो ।अन्तर्राष्ट्रिय पर्यटन आउदा देशको विकासमा कति फाईदा हुन्छ यो बुझ्न जरुरी हुन्छ । पर्यटन भित्र्याउने मात्र होइन तिनिहरुको स्वागत सत्कार ख्वाउने खाना बस्ने बास सम्पूर्ण कुराको राम्रो व्यवस्था हुनुपर्छ यसो भयो भने प्रशस्त मात्रामा आउछन् पर्यटन ।।नयाँ मान्छे देखे बोल्नै डराउने महिलालाई असुरक्षित फोटो खिच्ने नाममा अनैतिक व्यवहार यो सव भयो भने कसरि आउँछन् पर्यटन??

छन् यहाँ हरेक हेर्नलायक ठाउँ बुद्धको जन्मस्थल लुम्बिनी एसियाकै ठूलो त्रिशुल भैरवस्थान प्रेमि राजाले आफ्नो रानीको यादमा बनाएका महल रानीमहल वाह!साच्चिकै वयान गरेरै सकिँदैन यो देशको ।राम्रो ठाउँको जति बयान गरे पनि सकिदैन हामी नेपाली निकै भाग्यमानी छौ तर हामीले हाम्रो ठाउँ सामग्री चिनाउन किन सक्दैनौ?? प्रचारप्रसार गरौ एकजुट बनौ राम्रो कुरालाई धेरै चोटि भनिरहनु जरूरत नै पर्दैन ।नेपाली हुनुमा गर्व गर्छौ हामि यहाँको हरेक चिजको निर्धक्क बयान गर्न पनि सिकौ।

पर्यटन एकचोटी आएर वाक्क मान्ने होइन प्रत्येक चोटि आउदा पनि छक्क पार्ने खालको बनाउन सक्नुपर्छ ।हामी आफ्नै स्थानीय सामग्रीको प्रयोग गरौ त्यो नै उत्तम हुन्छ ।अरुको देखासिकी गर्नु भनेकै बनेको काम विगार्नु हो । हामिले पहिला त तालिमप्राप्त व्यक्ति दक्ष जनशक्ति विश्वासिलो पात्रको उत्पादन गरौ र भित्र्याउ पर्यटन देखाउ हेर्नलायक दृश्य बचाउ संस्कार चिनाउ संस्कृति।

देशलाई चिनाउनु छ त एकजुट भई लागौ हामी
बनाउ सबको सामु नामी नबनाउ देशको वेदनामी ।।

बयान गरेर नसकिने देशको भित्र्याउ पर्यटन
पर्यटन राम्रो भित्र्यायौ भने हुन्छ राम्रो आयआर्जन ।।।

बबिता थापा
रिब्दिकोट ०७ बतासे पाल्पा