१२ वर्ष अगाडि हराएका सन्तोषलाई अभिभावकको जिम्मा लगाइयो

प्रकाशित मिति:

पुनहरि बेल्बासे/भैरहवा – १२ वर्ष अगाडि भारतमा हराएका एक व्यक्तिलाई आज अभिभावकको जिम्मा लगाइएको छ । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का अमरबहादुर सुनार र लक्ष्मीदेवी सुनारको कोखबाट १९ वर्ष अगाडि जेठो पुत्रका रुपमा जन्मिएका छोरा सन्तोष सुनारलाई मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको नेतृत्वका खटिएको उद्धार कर्ताले आज परिवारको जिम्मा लगाएको हो । सन्तोष ७ वर्षको हुँदा २०६४ सालमा रोजगारीको सिलसिलामा भारतको लुदियाना जाने क्रममा रेलमा छुटेका बालक १२ वर्ष पछि आमाबुबा सँग मिलन हुन पुगेको छ ।

रुपौडिया नाकाबाट रेल चढेर गएका उनीहरु लखनउ पुगेर रेल चेन्ज भयो । छोरालाई रेलमा चढाए तर श्रीमति रेलमा चढाउन भनी तल झरेका अमरबहादुर नचढ्दै रेल चलेर अलपत्र परेको र छोरा रेल सँग गएको बुबा अमरबहादुर सुनार बताउँछन् । हिन्दि भाषा नजानेकोले कसै सँग पनि छोरा हराएको भन्ने कुरा भारतीय नागरिक सँग राख्न सकिएन, पछि आफन्तहरुलाई छोरा हराएको कुरा सुनायौँ तर छोरा फेला पार्न सकिएन ब बुवा अमर बताउँछने । छोरा कतै भेटिन्छ कि भन्ने आसले श्रीमान् श्रीमती भारतको लुदियानामै बसेर रोजगारी गर्नुका साथै छोरो खोज्ने गरेको आमा लक्ष्मीदेवी सुनार बताउँछिन् ।

२०७५ साउन ४ गते आमाबुबाको नाम, आन्तको नाम बताउन नसक्ने ४ बालकलाई मानव कल्याण मित्र मञ्च तिलोत्तमा, भारतमा रहेको प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा उत्तर प्रदेश राज्य देवरिया संरक्षण गृहबाट उद्धार गरि रुपन्देहीको तिलोत्तमामा रहेको मानव कल्याण मित्र मञ्चमा ल्याइ राखिएको र अन्य ३ जना यस अघि नै परिवारको जिम्मा लगाएको र आज सन्तोषलाई जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा परिवारको जिम्मा लगाइएको अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।

फोटोः सन्तोष, बुबा र आमा