धादिङ दुर्घटना अपडेट : ६ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – धादिङमा ढोलामण्डली तिर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमा मंगलबार लागेको मेला हेरेर फर्केका यात्रु बोकेको ट्रक दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ।

धादिङबेँसी फर्कँदै गरेको उक्त ट्रक निलकण्ठ नगरपालिका-९ को मैली भञ्ज्याङमा दुर्घटना भएको हो। ट्रकमा ४० जना भन्दा धेरै यात्रु रहेको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालहरुमा पुर्‍याइएको छ।