रोडीजको अटोको अपाङग आश्रममा सहयोग

प्रकाशित मिति:

बुटवल/बुटवलमा रहेको रोडिज अटो मार्ट प्रा.लि दोस्रो बर्षमा प्रबेश गरेको छ । बुटवल चौराहामा रहेको मार्ट अटोसम्बन्धि काम गर्ने उत्कृष्ट मार्टका रुपमा चिनिन्छ । प्रालीले बार्षीकउत्सबको अबसरमा देविनगरमा रहेको नेपाल अपाङग आश्रममा खाद्यान्य सहयोग गरेको छ । मार्टले प्रथम बार्षिक उत्सवको अवसरमा अपाङग आश्रममा पुगेर खाद्यान्य सामाग्री वितरण गरेको हो । मार्टका अध्यक्ष विजय कुमारकार्कीले आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई करिव ५० हजार मुल्य बराबरकोखाद्यान्य सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मार्टका अध्यक्ष विजय
कुमार कार्कीले सामाजिक उत्तरदायित्व अनुसार आश्रममा सहयोग गरेको बताए ।उनले आश्रमको पुर्वधार विकास एवं खाद्यान्य सहयोगमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आश्रममका अध्यक्ष डोल बहादुररामदामले आश्रमलाई दिगो रुपमा सञ्चालन गर्न अक्षयकोष समेत बनाएकाले अक्षयकोषमापनि सहयोग हुन आग्रह गर्नुभयो । कार्यक्रम सुदीप विक्रम कार्कीको स्वागत तथा दिपक न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।