विपन्न विद्यार्थीको खाजा खर्चलाई आर्थिक सहयोग

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


झविनद्र देवकोटा / बुटवल – बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई खाजा खर्चमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले आफ्ना सदस्यहरुबाट संकलन गरेको २५ हजार रुपैया खाजा खर्चका लागि विद्यालयलाई सहयोग गरेको हो । क्लवका सचिव प्रविना घिमिरे र कोषाध्यक्ष डाक्टर शान्ता शर्माले विद्यालयका प्राचार्य लक्ष्मी गुरुङ्गलाई २५ हजार बरावरको चेक हस्तान्तरण गर्नु भएको हो । क्लवले विद्यालयमा रहेका ५० जना विपन्न तथा गरिव विद्यार्थीका लागि एक महिनाको खाजा खर्च वापतको २५ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरिएको क्लवका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सोनाली गुरुङ्गले जानकारी दिनुभयो ।

उक्त रकम कक्षा एकदेखि पाँच सम्मका ५० जना विद्यार्थीलाई विद्यालयले एक महिना खाजा खुवाउन खर्च गर्ने छ । विद्यालयको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर क्लवले उक्त रकम प्रदान गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, लायन्स क्लवका डिष्ट्रिक कोचिफ एड्भाईजर सुनिता श्रेष्ठ, विद्यालयका प्राचार्य लक्ष्मी गुरुङ्ग लगायतले क्लवले गरेको सहयोगले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने बताउनुभयो । मणि उजेशले अहिले एक महिनाको खाजा खर्च सहयोग गरेको छ । यस्तै लायन्स क्लव अफ बुटवल स्टार र डायनमिक लेडिजले एक महिनाको २५ हजार तथा स्मार्ट सिटी र लायन्स क्लव अफ रुपन्देहीले एक÷एक महिनाको २५÷२५ हजार गरि अर्को तीन महिना विद्यालयलाई खाजा खर्च बरावरको थप ७५ हजार सहयोग गर्ने मणि उजेशका अध्यक्ष नेहा अग्रवालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया