पानी जहाज र रेलको सपनाले देशलाई ऋृणमा डुवाउछ : महामन्त्री कोइराला

प्रकाशित मिति:

इमरान खान/नवलपुर- सरकारले देखेको पानी जहाज र रेलको सपनाले देशलाई ऋृणमा डुवाउने नेपाली कंग्रेसका महामन्त्री डा। शशाकं कोइरालाले बताउनु भएको छ । उत्पादन नै नभएको देशमा पानी जहाज र रेलको सपना बोकी देशलाई ऋृणमा डुवाउने डा। कोइरालाले बताउनुभएको हो । नवलपुरको नबजगारण बहुमुखी क्याम्पसमा संचालीत पितृ मोक्ष बिराट ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि चेतनाको बिकासलाई बढोत्तर गर्नुपर्ने बताउनुभएको हो । उहाले भन्नुभयो “१७ लाख हेक्टर खेती योग्य जमिन छ नेपालमा जसले ९ करोड जनतालाई खान पुग्छ तर ३ करोडलाई पनि पुगेको छैन” उहाले अझै थप्न’ भयो “एक जमनामा हामी निर्यात गथ्र्यौ अहिले सम्पुर्ण बस्तुहरु आयात गर्नुपरेको छ त्यसैले देशलाई कृषीमा आधुनिकीकरण ल्याइ उत्पादन बढाएर मात्र ठुला ठुला सपना देखाउनुपर्छ ” ।

कोइरालाले रेमिट्यान्सले देश धानिरहेको अबस्थामा अब युवाहरुलाई देशमा नै राखेर रोजगार दिनुपर्नेमा जोड दिनुभएको छ । उहाले महायज्ञ स्नोकोत्तर सचालन लागि गरिएकोमा खुसी व्यक्त गर्दै देशले पनि चेतनाको बिकासलाई जोड दिएर आगामी कार्यहरु अगाडी बढाउनुपर्नेमा सुझाब दिनुभयो । उहाले आफू धर्म निरपेक्ष रास्ट्रको पक्षमा नभएको समेत बताउनुभएको थियो । डा। कोइरालाले धर्म निरपेक्ष नहुने तर स्वतन्त्र हुने भन्दै हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको मुलुकमा धर्म निरपेक्ष रास्ट्र भन्नु उचित नभएको बताउनुभएको थियो । गत पौष २७ गतेदेखी संचालनमा रहेको महायज्ञको अन्तीम दिन आजसम्म करिब ७ करोड रुपैया आर्थीक दान संकलन भएको आर्थिक समिति संयोजक प्रकाश चन्द्र पंगेनिले बताउनुभएको छ । यद्यपी एकीन तथ्याकं भने केहि दिनमा मात्र सार्बजनिक गरिने उहाले बताउनुभएको छ ।

कर्यक्रममा क्याम्पसका प्रधान संरक्षक बिष्णु कार्कीले गरिब तथा बिपन्न परिवारका बालबालीकाहरुलाई अध्ययन गर्नका लागि सहज बातबारण बनाइदिन भन्दै रु ५१ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बौल्दै यज्ञका मुल आयोजक समिति संयोजक चेतनाथ तिवारीले महायज्ञ सोचे भन्दा भव्य र सव्भ भएको भन्दै सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको थियो । महायज्ञमा अबधिभर पण्डित नेत्रप्रसाद पराजुलीले श्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो भने दिवाकालीन र रात्रिकालीन अबधिभर बिभिन्न झाकी तथा भजन किर्तन गरिएको थियो । दिवाकालीन या रात्रीकालीन जुनसुकै समयमा पनि भक्तजनहरुको आगमन उपस्थीतिले कार्यक्रमलाई सफल बनाएको भन्दै क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष तुल्सीराम तिवारीले भक्तजनलगायत यज्ञ समिति प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञ ९ दिन सम्म संचालन गरिएको थियो । सो अबसरमा गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामीक्षाने , पुर्ब सांसद कृष्ण पौडेल , मध्यबिन्दु नगरपालीकाका प्रमुख चन्द्र बाहादुर राना , हुप्स्ेकोट गाउपालीकाका प्रमुख लक्ष्मी पाण्डे , देबचुली नगरपापालीकाका प्रमुख पुर्ण बाहादुर श्रेष्ठ , मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तो , मध्यबिन्दु नगरपलाकिाका बडाअध्यक्षहरु कार्यपालीका सदस्यहरु लगायत सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधी , सामुदायिक बिद्यालयका प्रधानाध्यपाक तथा प्रतिनिधी , उद्योगा बाणीज्य संघका अध्यक्ष तथा प्रतिनिधी शिक्षा प्रेमीहरु सामाजसेबी लगायताकाको उपस्तिथी रहेको थियो । कार्यक्रममा क्याम्पस व्यबस्थापन समितिका उपाध्यक्ष तथा धनधान्यान्चल समिति उपसंयोजक केदारप्रसाद पराजुलीको स्वागत मन्तव्य रहेको थियो