वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
28 Shares


रामु भुषाल / बर्दघाट – सरस्वती माध्यमिक विद्यालय बर्दघाट १४ कुञ्जनपुरका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ । बर्दघाट नगरपालिका तथा बर्दघाट वडा नम्बर १४ को वडा कार्यालयको सहयोगमा मंगलबार उक्त विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरिएको हो । विद्यालयका प्रअ सोमनाथ अधिकारीको अध्यक्ष एवं बर्दघाट वडा नम्बर १४ का वडादस्य मञ्जु पाण्डेको प्रमख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका ९१ जना विद्यार्थीहरुलाई उनको स्वीटर र टोपी वितरण गरिएकोमा वडा कार्यालयले ५१ जना र बर्दघाट नगरपालिकाले ४० जना विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरेको विद्यालयका प्रअ अधिकारी बताउनुभएको छ । सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो ।सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गोविन्द न्योपानेले गर्नुभएको थियो ।

माघ महिना लागि सक्दा पनि अझै चिसो बढ्न थालेपछीे जाडोलाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरि ३५ वटा सरकारी विद्यालयमा जाडो मौसमलाई लक्षित गर विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र छात्राहरुलाई न्यानो कपडा अन्र्तगत उनको स्वीटर, टोपी, मोजा लगाएतका कपडाहरु वितरण गर्दै आएको छ । नगरमा रहेको प्रावि तहका १ हजार १ सय जना अति विपन्न, गरिब तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने नगरको योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवरले बताउनुभएको छ । त्यस्तै, समाजिक उत्तरदायित्व अन्र्तगत बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले पनि विभिन्न विद्यालयहरुमा पुगी जाडो छल्न विद्यालयका गरिब, अतिविपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी