जेष्ठ नागरीक वृद्धाश्रम एवम दिवा सेवा केन्द्रहरुको समस्या समाधान राष्ट्यि कार्यशाला गोष्ठी सम्पन्न

प्रकाशित मिति:

नवलपरासी /जेष्ठ नागरीक वृद्धाश्रम एवम दिवा सेवा केन्द्रहरुको समस्या समाधान राष्ट्यि कार्यशाला गोष्ठी मंगलबार बाग्मती प्रदेशको राजधानी हेटैडामा सम्पन्न भएको छ । जेष्ठ नागरीक माहासंघ का केन्द्रिय अध्यक्ष मदन दास श्रेष्ठको अध्यक्ष्यता बाग्मती प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा बिषेश अतिथीको रुपमा बाग्मती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ आर्थिक मामिला तथा योजना मन्त्रि कैलास ढुंगेल ् सामाजिक बिकास मन्त्रि युवराज दुलाल ् जेष्ठ नागरीक माहासंघ का केन्द्रिय माहासचिव क्षेत्र बहादुर प्रधान लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

सो कार्यक्रममा माहासघंको कार्यपत्र कृष्ण हरी बासकोटाले प्रस्तुत गर्नुभएको थियो । सो गोष्ठीमा सातै ओटै प्रदेशबाट माहासघंका प्रतिनीधिहरुको सहभागीता रहेको छ भने केन्द्र हरुको समस्या चुनैती र समाधानका उपायबारे छलफल भएको छ । माहासंधका केन्द्रिय कार्य समीती सदस्य बेगम बरालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन ह्याग्रिव आचार्यले गर्नुभएको थियो ।