ब्रह्मा बाबाको ५१ औं पुण्य तिथिको अवशरमा विश्व शान्ति योग दिवस

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल – प्रजापिता ब्रह्मा बाबाको ५१ औं पुण्य तिथि अर्थात् स्मृति दिवसको उपलक्ष्यमा तिन दिवसिय विश्व शान्ति योग दिवस सम्पन्न भएको छ । सो कार्यक्रम ब्रह्माकुमारि इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा ब्रहृााकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर बुटवल १२ मा सम्पन्न भएको हो । ब्रह्माकुमारीज् संस्थाकी नेपाल सह निर्देशक आदरणीय राजयोगिनी ब्रह्माकुमारी कमला दिदीज्यूको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं। ५ प्रदेश सभाका उप सभामुख माननीय कृष्णि थारु, ग्लोबल पिस रिट्रिट सेन्टरका निर्देशक तथा क्षेत्रीय सचिव राजयोगी ब्रह्माकुमार नारायण, विशिष्ट अतिथि १२ वडाका वडा अध्यक्ष दर्गा सुवेदी, अतिथिहरु शुद्धोधन गा।पा। का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल, समाजसेवी चिरञ्जीवि जोशी, चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रकाश ठाकुर, मिलनपार्क विकास समितिका अध्यक्ष दर्गा पाठक पाण्डे, चोपकला पौडेल, खेमबहादुर गोदार, रामहरी मरासिनी, ब्रह्माकुमारी मीरा, ब्रह्माकुमारी सीता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैजनाले ब्रह्माबाबाको तस्वीर र शान्ति स्तम्भमा पुष्पमाला अर्पण गरि श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथि उपसभामुख थारुले निराकार परमपिता परमात्माद्वारा साकार माध्यम प्रजापिता ब्रह्मा बाबाले दिनुभएको ज्ञान हरेकले ग्रहण गरेमा विश्वमा भाईचारा, शान्ति एकता र समृद्धि आउने कुरामा प्रकाश पार्दै संस्थाले प्रदान गर्दै आएको शिक्षा र यसको व्यवस्पकिय पक्ष साह्रै नै सराहनिय रहेकोले सबैले यसको अनुकरण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा रिट्रिट सेन्टरका निर्देशक ब्रह्माकुमार नारायणले ब्रह्मा बाबाको जीवनी र १८ जनवरीको बारेमा मन्तव्य राख्नु भयो भने सभाध्यक्ष राजयोगिनी ब्र।कु।कमला दिदीले उपस्थित सबैजनालाई धन्यवाद प्रकट गर्नु भयो । विगत ८४ बर्षदेखि जन जनको सेवामा निस्वार्थ भावले समर्पित यस संस्थाको विश्वको लगभग १४० भन्दा बढी राष्ट्रहरुमा ८ हजार बढी सेवाकेन्द्र र ९ लाख भन्दा बढी विद्यार्थीहरुले दैनिकरुपमा राजयोगको शिक्षा, मानवीय मूल्यको शिक्षा ग्रहण गर्दै राजयोगको गहन अभ्यास गरिरहेका छन् भने विभिन्न विश्व विद्यालयहरुले ब्रह्माकुमारीज् को सहकार्यमा पाठ्यक्रम निर्माण गरि अध्ययन अध्यापन कार्य गर्दै आईरहेको छ। संयुक्त राष्ट्र संघले समेत आर्थिक तथा सामाजिक परिषदको प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरेको छ । यसको सम्पुर्ण श्रेय प्रजापिता ब्रह्मा बाबाको रहेको विभिन्न बक्ताहरुले आ-आफ्नो धारणामा प्रष्ट्याउनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन ब्रह्माकुमार भरतले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या