विद्यार्थीहरुलाई न्यानो कपडा वितरण 

प्रकाशित मिति:

रामु भुषाल/सरस्वती माध्यमिक विद्यालय बर्दघाट १४ कुञ्जनपुरका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ । बर्दघाट नगरपालिका तथा बर्दघाट वडा नम्बर १४ को वडा कार्यालयको सहयोगमा मंगलबार उक्त विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरिएको हो । विद्यालयका प्रअ सोमनाथ अधिकारीको अध्यक्ष एवं बर्दघाट वडा नम्बर १४ का वडादस्य मञ्जु पाण्डेको प्रमख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका ९१ जना विद्यार्थीहरुलाई उनको स्वीटर र टोपी वितरण गरिएकोमा वडा कार्यालयले ५१ जना र बर्दघाट नगरपालिकाले ४० जना विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरेको विद्यालयका प्रअ अधिकारी बताउनुभएको छ ।

सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गोविन्द न्योपानेले गर्नुभएको थियो । माघ महिना लागि सक्दा पनि अझै चिसो बढ्न थालेपछीे जाडोलाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरि ३५ वटा सरकारी विद्यालयमा जाडो मौसमलाई लक्षित गर विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र छात्राहरुलाई न्यानो कपडा अन्र्तगत उनको स्वीटर, टोपी, मोजा लगाएतका कपडाहरु वितरण गर्दै आएको छ । नगरमा रहेको प्रावि तहका १ हजार १ सय जना अति विपन्न, गरिब तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने नगरको योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवरले बताउनुभएको छ । त्यस्तै, समाजिक उत्तरदायित्व अन्र्तगत बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले पनि विभिन्न विद्यालयहरुमा पुगी जाडो छल्न विद्यालयका गरिब, अतिविपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।