इन्टरपोलका पूवर्प्रमुख मेङ होङ्वेलाई एक चिनियाँ अदालतले जेल सजाय सुनायो

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
34 Shares


काठमाडौं/ अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुख मेङ होङ्वेलाई एक चिनियाँ अदालतले जेल सजाय सुनाएको छ ।भ्रष्टाचारको आरोप लागेका होङ्वेलाई १३ वर्ष ६ महिनाको जेलसजाय सुनाइएको हो ।होङ्वे इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए ।भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् । तान्जिन नं। वान पिपल्स कोर्टले ५६ वर्षीय होङ्वेलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका उनी बेपत्ता भएका थिए ।इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था