यो हो स्तन क्यान्सर भए-नभएको पत्ता लागाउने ‘ब्रा’

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – ‘इवा ब्रा’ नामक ब्राले स्तन क्यान्सर भए-नभएको पहिल्याउन सकिने भएको छ।

मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चान्टुले यो ब्रा तयार पारेका हुन् । उनका अनुसार यसले स्तन क्यान्सरको लक्षणबारे सूचना दिने गर्छ । तर, यसको पुरै परीक्षण हुन भने बाँकी रहेको बताइएको छ। मेडिकल साइन्सले पनि यसको पुष्टि गरिसकेको छैन ।

क्यान्सरयुक्त ट्युमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढ्छ । इवा ब्राको बायो सेन्सरले तापमान मापन गर्छ । यो ब्रालाई यो एउटा एपमा जोडिएको हुन्छ ।

यसमा जे परिवर्तन आउँछ, त्यसबारे अग्रिम जानकारी इवा ब्रा लगाएको व्यक्तिलाई मिल्नेछ । एक सातामा यो ब्रालाई कम्तीमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सही अलर्ट गर्नेछ । जुलियनका अनुसार ब्राको भित्री भागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितिबारे मापन गर्र्दछ । राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया