घुससहित सैनामैना वन कार्यालयका प्रमुख पक्राउ

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
118 Shares


बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख पुष्पराज श्रेष्ठले सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया