पहिलाे मधेसी महिला डा. आशा सिंह बनिन एआईजी

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– नेपाल प्रहरीको प्राविधिक तर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएकी डा. आशा सिंहले दज्र्यानी चिह्न पाएकी छन् । मन्त्रिपरिषदको माघ ६ गते बेसेको बैठकले प्रहरी नायव महानिरीक्षक (डिआईजी) सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयानुसार एआईजीमा बढुवा भएकी सिंहलाई बुधबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

एआईजीमा बढुवा भएकी सिंह नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी पाएकी छन् । दर्ज्यानी चिह्न प्रदान गर्दै आईजी खनालले नेपाल प्रहरी अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै एआईजीमा बढुवा भएकी डा. सिंहले त्रुटीरहितन ढंगले सुम्पिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया