कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तामा रहेको स्तम्भमा खराबी आएपछि कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए ।

“मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भने , “ त्यसका लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।”

उनका अनुसार बिहीबारसम्म प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया