युवाहरुबीच झडप हुदाँ एकको मृत्यु , एक घाइते

प्रकाशित मिति:

धादिङ – धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा मंगलबार राती भएको झडपमा एक जनाको ज्यान गएकोे छ । स्थानिय युवाहरुबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मृतक शान्त तामाङलाई फलामे ढुङग्रो प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सोही घटनामा रविन तामाङ गम्भीर घाइते भएका छन् । उनको काठमाण्डुस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने आशंका गरेकाे छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्रावती डापजोङ गाउँपालिका १ का राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएको छ।