कञ्चन गजेडी दानापुरताल महोत्सवमा प्रथम गायन प्रतियोगिता हुने

प्रकाशित मिति:

                                                                बिजेतालाई ५५ हजार

कञ्चन – श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा यही माघ १५ गते देखि सञ्चालन हुन गईरहेको “११ औं कञ्चन गजेडी दानापुर ताल महोत्सव–२०७६” मा “प्रथम कञ्चन गायन प्रतियोगिता–२०७६” हुने गायन प्रतियोगिता संचालन संयोजक रबि रानाले जानकारी दिएका छन । विगतका बर्षहरुमा नृत्य प्रयिोगिता सञ्चालन भएकोे यस बर्ष फरक प्रतिभाको खोजी गर्न र स्थानिय स्तरमा दर्शकहरुको सहभागिता बढाउने हेतुले गायन प्रतियोगिता संचालन गर्न लागिएको मेला मुल आयोजक समितिका संयोजक तथा श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिनुभएकोछ ।

गायन प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५५ हजार, द्धितीय हुनेले नगद ३५ हजार, तृतीय स्थान हासिल गर्ने प्रतियोगीले नगद २० हजार रुपैया प्राप्त गर्नेछन भने र शान्त्वनालाई नगद १० हजार रुपैया ट्रफी र आकर्षक उपहारको प्राप्त गर्ने सांस्कृतिक कार्यक्रम संयोजक निम थापाले जानकारी दिनु भएको छ।

महोत्सवको मुख्य आकर्षणको रुपमा सांस्कृतिक कार्यक्रम भए पनि सांस्कृतिक कार्यक्रम अन्तरगर्त मेलाको बिशेष आकर्षणको रुपमा गायन प्रतियोगिता रहने सांस्कृतिक कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । गायन प्रतियोगिताको पहिलो चरणको अडिसन माघ १४ गते हुने र उत्कृष्ट १० प्रतियोगीले महोत्सवमा प्रतिस्पर्धा गर्न पाउने संयोजक रानाले बताउनु बताउनु भएको छ । मेला कञ्चन–१, गजेडी दानापुर ताल, रुपन्देहीमा माघ २६ गते सम्म सञ्चालन हुनेछ ।