महोत्सबको तयारी तीब्र – ‘वडा वडामा अन्तरकृयात्मक भेला’

प्रकाशित मिति:

कञ्चन – “सिमसारको संरक्षण उद्यमशिलता र पर्यपर्यटनको प्रवर्दन” भन्ने अभियानका साथ यही माघ १५ गते देखि २६ गते सम्म संचालन हुने “११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब–२०७६” लाई ब्यबस्थित र भब्य रुपमा सफल पार्नको लागि कञ्चनका विभिन्न वडाहरुमा विभिन्न संघसस्था तथा बुद्धिजबी र समाजसेबीहरु बिच अन्यरकृयात्मक भेला सम्पन्न भएको छ । श्री समयमाई सामुदायिक बन उपभोक्ता समूह, कञ्चन–१, गजेडी दानापुर ताल, रुपन्देहीको आयोजनामा हुने महोत्सबको प्रचारको उद्देश्यले कञ्चनको वार्ड नं. १ देखि ५ सम्म गरिएको अन्तरकृयात्मक भेलामा उपस्थित संघसंस्थाका प्रतिनीधि, समाजसेबी र बुद्धिजिबीहरुले महोत्सवलाई सफल पार्न आवस्यक सहयोग र टोल टोलमा व्यापक प्रचार प्रसार गर्ने बताएका थिए ।

अन्तरकृयात्मक भेलालाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले गजेडी दानापुरतालमा विगतका बर्ष झै यस बर्ष पनि मेला आयोजना हुनुले समग्र कञ्जन गाउँपालिका संगै तालमा आन्तरिक तथा बाह्य पर्यटनको लागि प्रचार प्रसारको लागि महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ । यसैबीच कञ्चन गाउपालिका वार्ड नं. २ का वडा अध्यक्ष सेर बहादुर थारुले १२ दिन सम्म संचालन हुने मेलाको हरेक कार्यक्रमले स्थानिय स्तरका कला गला भएका स्थानिय कलाकार तथा स्थानिय स्तरका राष्ट्रिय कलाकारहरु संगै स्थानिय संस्कृतिको संरक्षणको लागि राम्रो अवसर भएको बताउनु भयो ।

यसैगरी कञ्चन गाउपालिका वार्ड नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले मेला रमाईलो मात्र नभई स्थानिय उत्पादनलाई पनि प्राथमिकता दिनुपर्ने र स्थानिय उद्योगीहरुलाई पनि प्रोत्साहन गरे मात्र मेलाको औचित्य रहन बताउनु भयो । यसैबीच कञ्चन गाउपालिका वार्ड नं ४ का कार्यबाहक अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनको समृद्धिलाई कञ्चन गजेडी दानापुरताल महोत्सवले टेवा पुर्याउने र महोत्सवको सफलताको लागि सबैले आ–आफ्नो ठाउबाट सहयोग गर्नु पर्ने बताउनु भएको छ । यस्तै कञ्चन गाउपालिका वार्ड नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गजेडी दानापुरताल कञ्चनको मात्र नभई रुपन्देही जिल्लाकै महत्वपुर्ण पर्यटकिय स्थल र पर्याबरणिय हिसाबले सिमसारयुक्त ताल भएकोले दानापुरतालको पर्यटन पर्बद्धनका लागि कञ्चनबासी एक भएर महोत्सवलाई सफल बनाउनु पर्ने बताउनु भएको छ । वडा अध्यक्ष अधिकारीले कञ्चनलाई प्रयटकिय क्षेत्र बनाउनको लागि कञ्चनको घना जंगल, मठमन्दिर र ताल तलैयाहरुको उचित ढंगले संरक्षण र सम्बद्र्धन गर्नु पर्ने कञ्चन गजेडी दानापुरतालमा लाग्ने महोत्सबले ती क्षेत्रहरुको प्रचारमा टेवा पुग्ने बताउनु भएको छ ।

समुहका अध्यक्ष मीन बहादुर थपाले माघ १५ गते देखि हुने महोत्सबलाई कञ्चनबासीले आफ्नो गरिमाको रुपमा लिएर पर्यापर्यटन प्रबर्द्धनमा एक जुट भई गाउँ गाउँमा प्रचार गरी महोत्सबलाई सफल बनाउन आग्रह गर्दै बिगतमा संचालन गरिएको महोत्सब भन्दा फरक ढंगले संचालन हुन लागेको महोत्सबबाट संकलित प्रबेश शुल्कबाट प्राप्त हुने आम्दानीको ५ रुपैया बन्यजन्तु संरक्षण, आबिस्कार केन्द्र, उधमशिलता, कञ्चनका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरिने बताउनु भएको छ । अध्यक्ष थापाले बिधार्थीहरुको सृजनात्मक कला र प्रतिभाहरुको प्रदशनी समेत गरिने र राष्ट्रिय आबिस्कार केन्द्रका डा. महाबिर पुनसंगको सात्क्षात्कार हुने समेत बताउदै होमस्टे संचालन गर्न ईच्छुक ब्यबसायीहरुका लागि मास्टर सेफ प्रतियोगिताको आयोजना गरिने समेत बताउनु भएकोछ ।

यस्तै समुहका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद घर्ति मगरले महोत्सबलाई आकर्षक बनाउन अन्तर बिधालय नृत्य प्रतियोगिता, जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता, परम्परागत बाघ चाल तथा बुद्धिचाल प्रतियोगिता र गाउपालिका स्तरिय भलिबल प्रतियोगिता लगायत विभिन्न प्रतियोगिताहरु संचालन गरिने बताउनु भएको छ । महोत्सबको पहिलो दिन वडाको टोल टोलबाट विभिन्न संघसस्थाहरुले आ–आफ्नो ब्यानरमा सांस्कृतिक झांकी सहित ¥यालीमा सहभागी हुनको लागि पनि बरिष्ठ उपाध्यक्ष घर्ति मगरले आग्रह गर्नु भएको छ ।
वडास्तरिय अन्तरकृयात्मक भेलामा जगिलाल थापा, अरुण दर्लामी, सुरज थापा मगर, दिनेश घिमिरे र राजन शर्मा पौडेलले सहजिकरण गर्नु भएको थियो । कञ्चन गाउँ पालिकाको ५ वटै वडामा सर्बदलिय अन्तरकृयात्मक कार्यक्रम गरिएको हो । सिमसार दिवसको अवसरमा संचालन गरिएको महोत्सवमा रुपन्देही जिल्ला र जिल्ला बाहिरका सामुदायिक बन तथा साझेदारी बन ब्यबस्थापन समूह र डिभिजन बन कार्लयबाट र खानेपानी तथा उपभोक्ता संस्थाहरुबाट पनि संस्थागत अवलोकन गर्न आउने आउने समेत आयोजकले जनाएको छ । महोत्सबमा १ सय ५० वटा स्टल रहने र मेला अवधीभर करिब २ लाख दर्शकले महोत्सब अवलोकन गर्ने र ५ करोडको बराबरको कारोबार हुने मेलाका कार्यकारी प्रमुख श्रीराज तिमिल्सिनाले बताउनु भयो ।