शरीरमा धेरै फाइदा हुन्छ बिहानको सुर्यको प्रकाशले

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
63 Shares


काठमाडौं – जाडो मौसममा त यसको प्रभाव बढी हुन्छ किनकि सूर्यको प्रकाशले नै हाम्रो शरीरलाई आवश्यक तापक्रम उपलब्ध गराउँछ । जुनसुकै मौसम किन नहोस्, सूर्यको प्रकाशले हाम्रो स्वास्थ्यलाई निकै फाइदा हुन्छ । तर, घाम ताप्दा के फाइदा हुन्छ र यसबाट फाइदा कसरी लिने भन्ने हामीलाई थाहा नहुन सक्छ । अनि यसको नोक्सानबाट कसरी बच्ने भन्ने थाहा नहुन सक्छ । सूर्यको प्रकाशका कारण चाहिँ हाम्रो शरीरमा धेरै फाइदा हुन्छ । यसमा रोगनिवारक हुने भएकाले हामी विभिन्न रोगबाट सुरक्षित पनि हुन सक्छौँ ।सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व हुनुका कारण यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने वैज्ञानिकहरु भन्छन् ।

शोधहरुका अनुसार जहाँ मानिसहरु कम समय सूर्यको प्रकाशमा बिताउँछन्, त्यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।फेरि के कुरामा सचेत हुनुपर्छ भने लामो समय सूर्यको प्रकाशमा बस्दा चाहिँ हामीलाई फाइदा हुँदैन । लामो समय बस्दा चाहिँ एलर्जी हुनेमात्र होइन, छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनहरुले देखाएका छन् ।यतिमात्र होइन, सूर्यको प्रकाशले हाम्रो रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग गर्छ । साथसाथै सूर्यको शरीरमा सेरोटोनिन नामको हर्मोन कम हुने भएकाले डिप्रेसन हुनबाट पनि सूर्यको प्रकाशले बचाउने विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् । बरु यसले हामीमा खुसी बढाउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया