गौतम बुद्धका अनमोल बचन

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
4K Shares


कुनै जंगली जनावरसग भन्दा एक कपटी र दुष्ट मित्रसग डराउनु पर्छ, किनभने जनावरले तिम्रो शरीरलाई मात्र हानी पुर्याउछ, तर एक खराब मित्रले तपाईंको मस्तिष्कलाई सम्म हानी पुर्याउछ । (२) शान्ति आफैभित्र हुन्छ । यसलाई बाहिर नखोज ।(३) आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा बिश्वास नगर । (४) यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमिले अरुलाई पीडा दिन सक्दैनौं । (५) हामी जे सोच्छौ उहीँ बन्छौ । (६) उद्यमीका लागी प्रत्येक दिन भोग्य हुन्छ । (७) त्यहीँ ब्याक्ती धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।(८) बितेको समय र आउने समयको चिन्ता नगर, बर्तमान क्षणमाथी नै मनलाई एकाग्र गर । (९) लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ । (१०) यदी विद्यार्थी तयार छ भने शिक्षक स्वयं उपस्थित हुन्छ । (११) हामी आफ्नो रिसका लागी होइन, रिसद्वारा दण्डित हुन्छौं ।(१२) हजारौं युद्धहरु जित्नुभन्दा महत्त्वपूर्ण कुरा हो, आफैलाई जित्नु । (१३) हाम्रो मस्तिष्क सबै थोक हो । (१४) हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ । (१५) म यो हेर्दिन कि के-के गरिसके, म यो हेर्दछु कि के-के गर्न बाकी छ । (१६) हजारौं खोक्रो शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।(१७) जिब्रो एउटा त्यस्तो छुरि हो जसले खुन ननिकाली काटन सक्छ ।(१८) हजारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ ।

यसरी नै खुशी बाडदा बढने गर्छ । (१९) आफ्नो उद्दारको लागी स्वयंमा निर्भर रहनुपर्छ, अन्यमा होइन । (२०) एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो । (२१) घृणा घृणाद्वारा घटदैन बल्की यो प्रेमद्वारा घटछ, यो शास्वत नियम हो ।(२२) स्वास्थ्य सबैभन्दा महान उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन र बिश्वासनियता सबैभन्दा उत्तम सम्बन्ध हो । (२३) बिगतमा ध्यान नदेउ, भबिस्यको सपनाहरू नदेख, बर्तमानमा ध्यान लगाउ । (२४) जो मानिस दोस्रोको इष्या गर्छ, उसको मनमा कहिले शान्ति मिल्दैन ।(२५) तीन चिज धेरै समयसम्म लुक्न सक्दैन  सुर्य, चन्द्रमा र सत्य । (२६) जसरी मोमबत्ती बिना आगो बाल्न सकिदैन । मनुष्य पनि आध्यात्मिक जीवन बिना जिउँन सक्दैन । (२७) तिम्रो साथमा जे छ त्यसलाई बढाइचढाइ नबताउ, न त अरुको इष्या नै गर । (२८) जसले पचासौं जनासग प्रेम गर्छ उसको पचास संकट हुन्छ । जो कसैसँग प्रेम गर्दैन उसको एक पनि संकट हुँदैन ।(२९) क्रोधलाई पाली राख्नु भनेको तातो कोइलालाई कसैमाथि फ्याक्ने नियतले पक्रेर राख्नु समान हो, यसमा तिमी पनि जल्ने छौ । (३०) शंकागर्ने जस्तो नराम्रो बानी अरु केही हुदैन । शंकाले मनुष्यलाई अलग गरिदिन्छ । यो यस्तो बिष हो जसले मित्रतालाई खत्तम गरिदिन्छ र राम्रो सम्बन्धलाई टुटाउछ । यो एउटा तिखो काँडा हो जसले घायल बनाउछ, यो एउटा तरबार हो जसले हत्या गर्छ । (३१) सबैभन्दा अँध्यारो रात अज्ञानता हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया