इन्टरपोल प्रमुख चीनको कब्जामा , पदबाट राजिनामा दिएको जानकारी

प्रकाशित मिति:

इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनको कब्जामा रहेको पुष्टि चीनले गरेको बिबिसीले जानकारी दिएको छ । उनी केही दिन देखी बेपत्ता भएको खबर आएको थियो ।

चीनले उनलाई केही कानुनको उल्लघंन गरेको कारण पक्राउ गरिएको र सोधपुछका लागि पक्राउ गरिएको जनाएको छ । हङवेइ इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट बेपत्ता भएका थिए । उनकी पत्नी ग्रेस मेंगले पतिको ज्यान खतरामा रहेको बताएकी थिइन् ।
यसैबीच, इन्टरपोलले मेङले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ ।
बिबिसीबाट