राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, प्रतियोगिताको उपाधि कालिका मानवज्ञानलाई

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  बुटवलमा संचालित प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि कालिका मानव ज्ञान माबिले जितेको छ । २४ पदक सहित कालिकाले उपाधि रक्षा गरेको हो ।उसले १० स्वर्ण, ७ रजत, ७ कास्य पदक जितेको हो । त्यस्तै एभरेष्टले १४ पदक जितेको छ। यसले १० स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । न्युहोराइजनले ४ स्वर्ण, ७ रजतसहित ११ पदक जित्न सफल भएको छ । नबिन औद्योगिक माबिले ९ रजत र ५ वटा कास्य पदक जितेको छ ।बुटवल उपमहानगरपालिकाका सामुदायिक र संस्थागत गरी २५ बिद्यालय सहभागि प्रतियोगितामा २ सय ५८ वटा पदक बितरण गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु कउचाले जानकारी दिए ।बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा व्यवस्थित तरिकाले खेलहरु भएका थिए । खेलको बुधबार एक भव्य समारोहका बीच समापन गरिएको छ । उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख रामप्रसाद रेग्मीले विजेता र खेलमा उत्कृष्ट खेलाडीलाइ पुरस्कार प्रदान गर्दै खेलको समापन गरेका थिए । त्यसअवसरमा कार्यबाहक नगर प्रमुख रेग्मीले खेलकुदका माध्यमबाट समृद्धिको अभियानलाई प्रभाबकारी बनाउन सकिने धारणा राखेका थिए।समापन समारोहमा वडा न ११ वडाध्यक्ष रामचन्द्र क्षेत्री,

समितिकी सदस्य सचिब कोपिला ज्ञवाली,आयोजक समितिका अध्यक्ष नन्दबहादुर काउचा, खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगमसिहं थापा, कान्ति माबिका प्रमुख गोबिन्द ज्ञवाली,नगरको सामाजिक समिति संयोजक सीता थापा, कालिकाका प्राचार्य घनश्याम पाठक, समितिका सदस्यहरु नवीन थापा, मणिरत्न भण्ण्डारी लगायतले पुरस्कार बितरण गरेका थिए ।त्यस्तैगरि दीप बोर्डिङले १ स्वर्ण, १ रजत र ४ कास्य पदक, प्रगति माबिले १ स्वर्ण, २ रजत र २ कास्य गरि ५ पदक, कान्ती माबिले २ स्वर्णमात्रै हात पारेको छ । मणिमुकुन्द माबिले ७ पदक, १ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ ।भने लुम्बिनी बोर्डिङ स्कुलले १ रजत, उजिर सिंहमाबिले २ कास्य,नेपाल एभरग्रिनले १ कास्य पदक, स्कलर्स र जितेश्वरीमाबि २—२ वटा कास्य तथा त्रिभुवन युनाइटेड एकेडेमीले १ कास्य जितेको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताका सदस्य सचिब प्रेमबहादुर बस्नेतले बताए ।प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिएक थिए । नगरभित्रका सामुदायिक र नीजि गरि २५ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले गरेका थिए । उद्घाटनका अवसरमा विशाल मार्चपाससहित विभिन्न किसिमका झाँकीहरु प्रदर्शन गरिको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु