थरुहट मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

प्रकाशित मिति:

काठमाडौं/ थरुहट थारुवान राष्ट्रिय मोर्चाले १४ बुँदे माग राख्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।मोर्चाले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आफूहरुका माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाको मूख्य दोषी भन्दै जेलमा राखिएका रेशम चौधरीसहित ११ जनाको मुद्धामा माफी दिनुपर्ने, थरुहट क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुमा थारुभाषालाई सरकारी कामकाज भाषाको मान्यता दिनुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ ।मागको सुनुवाई नभए आगामी फागुन ५ गतेदेखि आन्दोलन शुरु गर्ने मोर्चाले जनाएको छ ।