थारु अगुवाहरु भन्छन्ः ‘संस्कृति संरक्षण गर्न शिक्षा आवश्यक’

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


कमल चौधरी /कपिलबस्तु –बाणगंगा नगरपालिका वडा नं. ६ बैदौलीमा बुधाबार अयोजित माघी महोत्सव कार्यक्रममा बोल्दै थारु अगुवाहरुले –‘संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न शिक्षा आवश्यक रहेको बताउँनुभयो । उहाँहरुले थारु जातीको भाषा, कला, संस्कृती तथा भेषभुषा लोप हुँदै गएको बताउँदै यसलाई सवै थारु समुदाय यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँहरुले पछिल्लो समय लोप हुन लागेको थारु भाषा, धर्म संस्कृतिको संरक्षण गर्न युवा पुस्तहरु क्रियाशिल हुनुपर्ने बताउँनुभयो । त्यस्तै उहाँहरुले हरेक क्षेत्रमा विकास गर्न शिक्षा आवश्यक रहेको बताउँदै शिक्षित युवा पुस्तहरुले नै संस्कृतिलाई संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्ने दावी गर्नुभयो । अब हाम्रो संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउनको लागी प्रचर–प्रसार हुन आवश्यक रहेको बताउँदै आर्थिक पाटो संग पनि थारु समुदाय जोडिनु आवश्यक रहेको बताउँनुभयो । उहाँहरुले थारु समुदायमा आर्थिक आयआर्जनको बाटो राम्रो बनाउँनको लागी अफ्नो परम्परा सिप, कला, संस्कृति र पहिचानलाई बजारिकरण गर्न अवश्यक रहेको बताउँनुभयो । जसले गर्दा हाम्रो संस्कृतिको संरक्षण र थारु समुदायको आयआर्जजको पाटोमा केही टेवा पुग्ने बताउँनुभयो ।

त्यस्तै उहाँहरुले थारु समुदायलाई राज्यले पनि जनसंख्यको आधरमा राज्यको हरेक निकायमा प्रतिनिधित्व गर्नुपर्ने जोड समेत दिनुभयो । उहाँहरुले राज्यको हरेक निकयमा थारु समुदायको बहुल्यता न्युन रहेको भन्दै अब सम्पूर्ण क्षेत्रमा जनसंख्यको आधरमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले वि.स. २०७८ सलको जनगरणमा थारु समुदायले आफ्नो मातृभाषा थारु र थर थारु लेख्नुपर्नेमा जोड समेत दिनुभयो । कार्यक्रम आदिवासी जनजाति माघी महोत्सव उपभोक्ता समिति तथा माघी महोत्सव मुल आयोजक समितिका संयोजक गुरु प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य विश्राम प्रसाद थारुले दुई दिने वडा स्तरिया माघी (खिचडी) महोत्सव अउर नवाँ बर्ष २०७६ को समुद्घाटन गर्नुभएको थियो ।

समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले थारु समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी सम्पूर्ण थारु समुदाय एक जुट भएर लाग्नुपर्ने बताउँनुभयो । उहाँले थारु समुदायमा राजनीतिक चेतनाको अभाव रहेको भन्दै अब सवै थारु समुदाय शिक्षित हुन जारुरी रहेको बताउँनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति उप संयोजक तारावती चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जंजीर प्रसाद चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला सभापती उमा शंकर चौधरी, वडा नं. ६ का वडा अध्यक्ष सुकदेव चौधरी, थारु कल्याणकारिणी सभा नगर सभपति भग्गु थारु, थारु कल्याणकारिणी जिल्ला सल्लाहकार द्वय महादेव चौधरी, झगरु थारु, थारु कल्याणकारिणी सभाका नगर उपाध्यक्ष रिता थारु, वडा महिला सदस्य शान्ता पाण्डे, आदिवासी जनजाति जिल्ला समन्वय समिति कपिलबस्तुका उपाध्यक्ष लेम बहादुर गुरुङ्ग लगायतले बोल्नुभएको थियो । कार्यक्रम माघी महोत्सव मुल आयोजक समितिका संयोजक गुरु प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य विश्राम प्रसाद थारुको प्रमुख अतिथ्यता र पत्रकार सरिता थारु र दिपेश थारुको संचालन रहेको थियो । माघी महोत्सव ८ र ९ गने दुई दिन चल्ने महोत्वसमा थारु जातीको झुमरा, झरर्रा, सजनी विरहनी लगाएतका गित तथा नृत्य समेत प्रस्तुत गर्ने अयोजगले जनाएको छ । त्यस्तै महोत्सवमा थारु जातीको खानाका परिकार, ढिकरी, घोंघी, माछा, सिध्रा, कछुवा, खरिया, बरिया, लगाएतका परिकार चाख्ना पाइने व्यवस्था मिलाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया