विश्व प्रशिद्ध महान ब्यक्तित्वहरुका १० उत्कृष्ट प्रेरणादायी भनाइहरु

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल – सबलपोस्ट डटकमले हरेक दिन विभिन्न खालका उत्प्रेरणात्मक सामाग्रीहरु पस्किदै आएको छ । यसै सन्दर्भमा आज हामीले विश्व प्रशिद्ध महान ब्यक्तित्वहरुको प्रेरणादायी भनाइहरु यहाँको माझमा पस्किएका छौं ।

१. मानव मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ, त्यो पाउन सक्छ । – नेपोलियन हिल

२. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । – अल्बर्ट आइन्स्टाइन

३. जंगलमा दुई बाटो छुट्टिएका थिए, मैले सबैभन्दा कम हिडिने बाटो रोजे र यसले नै मेरो सबै थोक बदलिदियो । – रोबर्ट फ्रस्ट

४. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल

५. तिमीले ती सम्पूर्ण अवसरहरू गुमायौ जुन तिमीले लिएकै थिएनौ । – वाएन ग्रेट्की

६. मैले आफ्नो करियरमा ९००० अवसरहरू गुमाए । मैले झण्डै ३०० खेल हारे । २६ पटक खेल जित्छु भन्ने भरोसा हुदाँहुदै पनि ती सट गुमाए । म पटक, पटक धेरै पटक जीवनमा असफल भए । त्यसैले त आज म यतीको सफल हुन सके । – माइकल जोर्डन

७. लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । – विलियम क्लेमेन्ट स्टोन

८. प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । – एलिस वाल्कर

९. हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध

१०. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय अहिले हो । – चिनिया उखान

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव