सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

फोटो : निमु संगम घर्ती बाट सौजन्य

बुटवल – राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् । आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् । आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।

मतदान गर्दै प्रदेश ५ का उध्योग बन तथा पर्यटन मन्त्री लीला गिरी

फोटो : निमु संगम घर्ती बाट सौजन्य

फोटो : निमु संगम घर्ती बाट सौजन्य

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला