प्रेरक प्रसंग : लामो आयु कसरी बाँच्ने ?

प्रकाशित मिति:

एउटी युवतीको आमाको जन्मदिन थियो । उनले आमाको उमेर बढ्नुको सट्टा घट्दै गइरहेको देखेकी थिइन् । आमाले एक वर्ष पहिला पैतिसौं जन्मदिन मनाइरहेकी थिइन् । यसपटक चौंतिसौं जन्मदिन मनाइरहेकी थिइन् ।

युवतीले आमासँग भनिन् ‘आमा ! अरु सबै त ठीकै छ म र तपार्इँमा कमसेकम नौ महिनाको फरक त राख्नुहोस् । होइन भने ठुलो समस्या उत्पन्न हुनेछ । मानिसहरुले के भन्लान् ?’

कतै न कतै महिलाको उमेर रोकिन्छ । त्यसपछि दुईदुई वर्ष । तीन तीन वर्षमा एक एक वर्षका दरले वर्ष बढ्न थाल्छ । एकदमै गाह्रोसँग बढ्छ । उनीहरुलाई बुढेसकालको डर हुन्छ ।

पश्चिमका महिलाहरुले बच्चालाई दुध पिलाइरहेका छैनन् । उनीहरुको सोचअनुसार दुध पिलाउँदा स्तन बुढो हुन्छ । उनीहरु आमा बन्नका लागि अलिकति पनि उत्सुक हुँदैनन् । उनीहरुको लागि बच्चा जम्माउनुको अर्थ हो, आफ्नो मृत्युलाई नजिक बोलाउनु । त्यस अवस्थामा हरेक बच्चाले तपाइँको जीवनको केही वर्ष लिएर जान्छ । त्यसैले जवानी बनिरहोस् कुनै पनि मूल्यमा ! कामबासना बुढेसकालदेखि डराउँछ । बुढेसकाल लाग्नुको अर्थ मृत्यु धेरै टाढा छैन भन्ने हो । बुढेसकाल लागेपछि चिहान कति नै टाढा हुन्छ र ! मृत्युको ढोकामा पुगिएजस्तो हो । त्यसैले यदि बच्नु छ भने पहिला बुढेसकालदेखि बच्नुपर्छ । के थाहा सायद केही वर्ष मृत्युबाट बच्न सकिन्छ कि !

मानिसका कथाहरु तपार्इँले केही यस्ता मानिसहरु भेट्नुहुन्छ जो कहिल्यै मरेनन् । उनीहरु हाम्रा कामवासनाका प्रतिक हुन् । कतै अश्वश्थामा मरेनन् कतै आल्हा ऊदल मरेनन् ।

पुरै संसारमा यस्ता छन्, जसमा केही व्यक्ति बाँचिरहन्छन् । शरीर मरेर गएपनि उनीहरु कहिल्यौं मर्दैनन् । जस्तो नेपालमा पृथ्वीनारायण शाह, महाकवि लक्ष्मीप्रसाद देवकोट, भारतमा महात्मागान्धी, अमेरिकामा नेशनल मण्डेला, चिना माओ सेतुङ, युरोपमा कालमाक्सलगायत थुपै्र व्यत्तिहरुले ज्यान गएपनि उनको सम्झना हरेक पटक गरिन्छ ।

तसर्थ, हामीपनि लामो आयुबाँच्ने भन्दा पनि युगौं युग बाँच्ने कर्म गरौं ।