सिद्धार्थ क्याम्पसमा नेवि संघद्वारा स्नातक तह प्रथम बर्षमा कक्षा समिती गठन

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट/बुटवल – बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेपाल बिद्यार्थी संघले सक्रियता बढाएको छ । त्रिभूवन विश्व बिद्यालयले आगामी फागुन १४ गतेलाई स्ववियु निर्वाचन तोकेपछि नेबिसंघले क्याम्पसमा सक्रियता बढाएको हो ।

उक्त क्याम्पसमा नेपाल बिद्यार्थी संघले कक्षा इकाई गठन अभियान सुरु गरेको हो । बिहिबार मात्रै नेबिसंघले स्नातक तहको व्यबस्थापपन र शिक्षा संकायमा इकाई समिति गठन गरेको छ । क्याम्पस इकाईका सभापति महेश शर्माको सभापतित्वमा भएको इकाई समिति गठन कार्यक्रममा सचिव दिपक घिमिरे, अर्जुन खत्री, दिपक अर्याल, सीर्जना गिरी,सञ्जु चापागाई, सरोज खनाल, सम्झना क्षेत्री,  अनिता पाण्डे, लक्ष्मण पाण्डे, नारायण पोखरेल लगायतलेको उपस्थितीमा कक्षा इकाई समिति गठन गरिएको हो । स्नातक तहको ब्यवस्थापन संकाय अन्तरगत गठित इकाई समितिको सभापतिमा जिवनराज अर्याल, उपसभापतीमा काजल रोकाय, मदन पाण्डे, सुष्मा अधिकारी सचिवमा सुष्मा दगोरिया, सहसचिवमा डिलाराम अर्याल, सुष्मिता पौडेल बास्ना घिमिरे र कोषाध्यक्षमा ज्ञानमाया अर्याल सहितको २१ सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै शिक्षा संकाय तर्फ स्नातक प्रथम बर्षमा अग्रेजी (ग्रुप)मा सभापतिमा अस्मिता भारती, उपसभापतिमा निशा शर्मा, विमला खत्री, दिपेन्द्र सेन, सचिवमा सुरुची पाण्डे, सहसचिवमा यमुन केसी, दिपा अर्याल, संगिता केसी र कोषाध्यक्षमा विनि अर्याल सहितको २५ सदस्यीय समिति गठन गरिएको क्याम्पस इकाई सभापति महेश शर्माले जानकारी दिनुभयो । बाँकी कक्षाहरुमा पनि इकाई समितिलाई छिटै पूर्णता दिने र क्याम्पसमा नेबिसंघको वर्चश्व कायम राख्ने उहाँले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया