तनावदेखि टाढा बस्न चाहानुहुन्छ ? उसो भए यी मुख्य कुराहरुमा ख्याल गरौँ !

प्रकाशित मिति:

आजभोलिको व्यस्त जीवनशैलीका कारण विभिन्न प्रकारका रोगहरुले सजिल्यै मानिसको शरीरमा प्रवेश पाएको छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने जस्ता रोगहरु लाग्नु सामान्य नै जस्तो भइसक्यो । जति मानिस पैसामुखी, सफलतामुखी बन्न थाल्छन् तब उनीहरुको दैनिक जीवनयापन तनावपूर्ण हुन थाल्छ । जसले गर्दा पनि अनेक प्रकारका रोगहरुले सताउँन थाल्छ । तनावका पनि धेरै कारणहरु हुन्छन् । व्यक्तिगतदेखि कामको तनावदेखि जुन क्षेत्रमा मानिसहरु बढी लागि परेका हुन्छन् त्यहाँको तनावले मानिसहरुलाई आफ्नो ख्याल राख्ने समय नै निकाल्न सक्दैनन् । जसले अनेक प्रकारका रोगहरुले सजिल्यै शरीरमा ‘इन्ट्रि’ गर्छ ।

अत्यधिक रिस उठ्नु पनि तनावकै कारण हुनसक्छ । जसले मानिसको स्वास्थ्यमा मात्र होइन व्यक्तिगत जीवनमा पनि थुप्रै असर पार्छ ।तनाव लिने बानी भएका मानिसहरुले सजिल्यै त्यसबाट मुक्ति पाउँदैनन् । त्यसको लागि केही पहल आफैले पनि गर्न सकिन्छ ।

ध्यान गर्ने – ध्यान गर्दा दिमागमा हुने सबै नकारात्मक र तनावपूर्ण विचारहरु हराउँन थाल्छन् । जब तपाईं तनाव महसुस गर्नुहुन्छ तब गहिरो सास लिनुहोस् र श्वासप्रश्वास गरेको समयमा केवल आफ्नो सासमा मात्रै ध्यान दिनुहोस् । यस्तो कार्य दिनमा २० मिनेट गर्नुस् त्यसले तपाईलाई स्वस्थ र तन्दुरुस्त मात्र होइन तनावबाट सधैँको लागि मुक्त गराउँछ ।

बिहान छिटो उठ्नुस्- बिहान सबेरै उठ्नु निकै फाइदाजनक हुन्छ । तपाईं सुत्ने र उठ्ने समयको तालिका बनाउनुहोस् । सधैं एकै समयमा उठ्नुहोस् र एकै समयमा सुत्नुहोस् । यसो गर्दा शारीरिक स्वास्थ्यभन्दा पनि मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुनछ ।

दिनचर्या – सधैँ एकैप्रकारको दिनचर्या बनाउनुभयो भने तपाईंलाई आराम गर्ने समय पनि प्राप्त हुन्छ । सही दिनचर्याले कामको प्रक्रियामा पनि सहज भएपछि तनाव कम हुन्छ ।

ध्यान केन्द्रित गर्नुस् – सधैँ कडा मेहेनत गर्नुस् र आफ्नो काममा पूरा ध्यान दिनुहोस् । काममा ध्यान केन्द्रित गर्दा काम सजिल्यै सफल हुन्छ । जसले गर्दा तपाईंको तनाव कम हुन्छ ।