सुर्यपुरामा निशुल्क सिपमुलक तालिम सम्पन्न

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
170 Shares


सबलपोस्ट / सुर्यपुरा – रुपन्देहीको गैडहवा सुर्यपुरामा आयोजित निशुल्क सिपमुलक सिलाइ कटाइ तालिम सम्पन्न भएको छ ।
लक्ष्मी लघुवित्त वित्तिय संस्था सुर्यपुरा शाखाले आफ्ना ग्राहक सदस्यहरुका लागि दुई महिने सिपमुलक तालिम आयोजना गरेको हो ।
गत मंसिर १० गतेबाट सुरु गरिएको तालिमको बुधवार सुर्यपुरामा आयोजित एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैडहवा गाउँपालिकाका उपाध्यक्ष सुभावती यादवले तालिममा सिकेको सीप व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाले जिविकोपार्जनका लागि जागिर नै खानुपर्छ भन्ने नभएको जनाउदै यस्ता सिपले बिपन्न बर्गको आर्थिक उन्नतीमा सहयोग पुग्ने र सफल व्यवसायी बन्न सकिने बताउनुभयो।

सुर्यपुरा लक्ष्मी महिला केन्द्रकी प्रमुख पार्वती नेपालले संस्थाले आयोजना गरेको सिपमुलक तालिममा सहभागी महिलाहरु दक्ष बनेको जनाउदै आफुहरु व्यवसाय सुरु गर्ने तयारिमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै संस्थाकी शाखा प्रमुख नारायणी थापाले लघुवित्तमा आवद्ध सदस्यहरुलाइ आत्मनिर्भर बनाइ जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।यस्ता सिपमुलक तालिम जारी रहने जनाउदै उहाले संस्थाले वित्तिय क्षेत्र मार्फत न्यून आय भएका समुदायको आर्थिक स्तरोन्नति गर्ने योजना लिएको बताउनुभयो ।

उहाले सीप सिकेका महिलाहरुलाइ आर्थिक तथा अन्य सहयोग गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो । तालिममा २० जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन शिला जिशिले गर्नुभयो भने स्वागत मैना कुंवरले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया