देशभरका जिससका प्रमुख स्याङ्जामा

प्रकाशित मिति:

                                                      महासघंको २५ औँ स्थापना दिबसको तयारी

स्याङ्जा —  देशभरका जिल्ला समन्वय प्रमुख तथा उपप्रमुखहरु स्याङ्जा आउने भएका छन् । जिल्ला समन्वय समिति महासघं नेपालको २५ औँ स्थापना दिबस स्याङजामा मनाईने भएपछि ७७ जिल्लाकै प्रमुख तथा उपप्रमुखहरु स्याङ्जा आउने भएका हुन् । देशभरका जिल्ला समन्बय समितिका प्रमुख, उपप्रमुख र एक सदस्य सहित ५०० बढी पाहुनाहरुको सहभागिता रहने गरि मनाउन लागिएको २५ औं रजत जयन्तीको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी गराईएको छ ।

माघ १० गते स्याङजा स्थित सिटी हलमा आयोजना गरिने कार्यक्रमको उद्धघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीनाले गर्ने महासघंका अध्यक्ष तथा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले जानकारी दिइन् । देशभरका अतिथी स्याङजा आउनुले यहाँको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने छ महासंघका अध्यक्ष सुनदासले भनिन्,“अधिकतम घरबासको प्रचार र देशभर स्याङजाको सुन्तलाले स्थान पाउने छ ।” भ्रमण बर्षको अबसरमा आयोजना हुन लागेको जिल्ला समन्वय महासंघको यो रजत जयन्तीले स्याङ्जाको पर्यटकीय क्षेत्रको पनि प्रचार प्रसार हुनेछ उनले भनिन् । दुई पर्यटकिय क्षेत्र पोखरा र लुम्बिनीको मध्ये भागमा रहेको स्याङजामा पर्यटक आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी भएको सुन्दासले बताईन् । स्याङजामा भएको प्राकृति , साधन स्रोत , कला संस्कृतीको पनि उक्त कार्यक्रममा चर्चा गरिने सुन्दासको भनाई छ ।

जिल्ला समन्बय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिसस स्याङजाका उप—प्रमुख दिलिप कुमार बगालेले ऐतिहासिक कार्यक्रम सम्पन्न गर्न सबैले साथ दिनुपर्ने बताए । यो स्याङ्जाको गौरवको बिषय भएकाले सबै पालिकाले रजत जयन्ती सफल बनाउन सहयोग गर्न आग्रह गरे ।  कार्यक्रम पश्चात माघ ११ गते सबै अतिथिले स्याङजामा भएको प्राकृतिक क्षेत्रको अबलोकन गर्ने जनाईएको छ । विश्व शान्ति र ब्रिटिस् साम्राज्यको पक्षका बिभिन्न युद्धहरुमा मारिएको गोरखा सैनिकको सम्मानमा निर्माण गरिएको गोरखा स्मारकको समेत अबलोकन गरिने बगालेले बताए । ६० हजार भन्दाबढि पितृ गोरखाहरुको सम्मानमा निर्माण गरिएको फेदीखोला स्थित स्मारक पार्क ,रामकोट होमस्टे , नमुना कृषि गाउँ लगाएतको अबलोकन हुने बताइएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जिल्लाले पहिलो पटक महासंघको रजत जयन्ती मनाएको बताउँदै सबै जिल्लाबासीको लागी गौरबको कार्यक्रम भएको बताए । रजत जयन्तीको तयारी सबै पुरा भएको आयोजकको भनाई छ । देशभरबाट आएका पाहुनाहरु दुईरात स्याङ्जामा बिताउने व्यवस्था मिलाइएको जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

थप समाचार