डा. गोविन्द केसी बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको उपचारमा व्यस्त

प्रकाशित मिति:

रोहिङ्ग्या शरणार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक प्राध्यापक डा. गोविन्द केसी बंगलादेश पुगेका छन् । रोहिङ्ग्या शरणार्थी रहेकै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न केसी बंगलादेश पुगेका हुन् ।

उनका सहयोगी प्रितम सुवेदीका अनुसार केसी एक महिनादेखि बंगलादेशमै छन् । केसी १० दिनपछि नेपाल फर्किने कार्यक्रम रहेको पनि सुवेदीले बाह्रखरीलाई जानकारी दिए । केसीले गत असोजमा शिक्षण अस्पतालबाट अवकाश पाएका थिए । उनले चिकित्सा क्षेत्रको विकासका लागि भन्दै पटक–पटक अनशन बसेर सरकारलाई झक्झकाइरहेका थिए ।