मोरङमा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ५ विद्यार्थी घाइते

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


विराटनगर – मोरङमा लर्डबुद्ध हाइयर सेकेण्डरी स्कुलको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा विराटनगर–१५ का ३२ वर्षका सानुकुमार साहको मृत्यु भएको हो । दुर्घटनामा परी बसमा सवार पाँच विद्यार्थी घाइते भएका छन् ।

बिहीबार बिहान रंगेलीबाट विद्यार्थी लिएर आउँदै गरेको बस धनपालथान गाउँपालिका–६ मा दुर्घटना भएको थियो । विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्काले चलाएको १२ जना विद्यार्थी सवार मे १ ख १४९० नम्बरको बसमा बिहान दुर्घटना भएको हो ।

बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई साइड दिने क्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घाइते भएका धनपालथान–७ कि २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ कि २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ कि १९ वर्षीय लुना गौतमको उपचार भइरहेको छ । नियन्त्रणमा रहेका बस चालकमथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु