बेल्जियममा भ्रमण बर्षको प्रचारप्रसार

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा —  सरकारले २०२० लाई नेपाल भ्रमण बर्षको शुभारम्भ गरेसगै बेल्जियममा रहेका नेपालीहरुले प्रचार प्रसारका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । युरोप यात्रामा आएका स्याङ्जा निवारी कलाकार खुमन अधिकारी, गायीकद्धय रमिला न्यौपाने र भिमु गुरुङको साथमा बिन खातीले भ्रमणबर्षलाई लक्षित राखेर गोधुली सन्ध्या चलाएको स्याङ्जा समाज बेल्जियम परिवारका महासचिव हुमनाथ पाण्डेले जानकारी दिए ।

बेल्जियमको आन्तवेरपेन शहरमा यो कार्यक्रम आयोजना गरिएको थियो । नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्य सहित यो कार्यक्रम आयोजना गरिएको थियो महासचिव पाण्डेले भने,“नेपाल बाहिर रहेको नेपालीहरुको पनि भ्रमणबर्षलाई सफल बनाउने दायीत्य हो ।” देशको मात्रै नभएर आफ्नो गृह जिल्ला स्याङ्जाको पनि धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न यो कार्यक्रम गरिएको उनले भने ।

कार्यक्रमबाट उठेको रकमलाई स्याङ्जा लगायत मुलुकका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा खर्चिने आयोजकले जनाएका छन् । समाजले स्याङ्जाबाट बेल्जियम गएर बसोवास वा काम गर्दै आएका व्याक्तिको अफठ्यारोमा सहजिकरण गर्दै आएको छ । यस भन्दा अगाडी स्याङ्जाका युवक बेल्जियममा दुर्घट्नामा परेर निधन भएपछि उनको परिवारलाई आर्थिक सहयोग समाजले गरेको थियो । यस्ता कार्यक्रमले सरकारले लक्षित गरेको भ्रमण बर्षमा २० लाख पर्यटकहरु नेपाल भित्राउनेमा सघाउ पुग्ने विश्वास गरिएको छ । सरकारले पनि विदेशमा बस्ने नेपालीलाई भ्रमणबर्ष सफल बनाउन सहयोग गर्नु आवश्यक देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन
  • प्रदेश ५ : विभिन्न घटनामा एकैदिन ७ जनाको शव फेला
  • पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु
  • बाढी प्रभावीत क्षेत्रमा नेपाली कांग्रेसका नेताहरु द्धारा अवलोकन