‘अष्ट्रेलिया काण्ड’ : चरित्र हत्या भएको भन्दै नेपाली युवतीले दिइन उजुरी, प्रहरीले थाल्यो अनुसन्धान

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
37 Shares


बुटवल – पछिल्लो समय खुबै चर्चामा रहेको अष्ट्रेलिया काण्डमा नयाँ रहस्य खुल्न आएको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अ’श्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी गरेकी छिन् ।

उनले अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अष्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेकी हुन् । सोमबारदेखि अष्ट्रेलिया काण्ड भन्दै नेपाली सामाजिक सञ्जालमा खुबै भाइरल भएको थियो । नेपाली युवतीको अ’श्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पो’र्न क्लिप सार्वजनिक गरिएको छ ।

सो क्लिप नेपालीको भने हैन । पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको खुलेको छ । उजुरीमा अश्लील भिडियोमा अनुहार देखिने गरी सानो क्लिप राखेको र सो भिडियो आफ्नो भन्दै सामाजिक सञ्जालमा राखेर चरित्रह’त्या गरिएको उनले आरोप लगाएकी छिन् ।

पीडितले उजुरीमार्फत खुलाए अनुसार अश्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शंका लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन् । अनुसन्धानमा संलग्न स्रोतका अनुसार पीडित महिलाले खुलाएको नामका आधारमा प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ । प्रविधिको गलत्त प्रयोग गरेर ति युवतीको अनुहार जोडिएको हुनसक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया