सिद्धबाबालाई थुनामा राख्न आदेश

प्रकाशित मिति:

विराटनगर । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । र, थुनामा राखेर पूर्पक्ष गर्न भनेको छ । मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ । सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ । जिल्लाले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् ।