जानिराखौ,जाडाेमा ल्वाङ चिया पिउनुका फाइदा

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


ल्वाङवाला चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ । त्यसैले यस्तो चियाको प्रयोग गर्ने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ । यस्तो चिया पिउनुको सबैभन्दा बढी फाइदा रुघाखोकीबाट बच्नका लागि हुन्छ ।ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ । हल्का भोक छ भने ल्वाङ चियाले निकै फाइदा पुर्‍याउँछ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ। पछिल्लो समय अधिकांश मानिस हाडको दुखाइको समस्याबाट ग्रसित छन् ।यस्ता समस्या भएका मानिसले ल्वाङ चिया पिउँदा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्‍याउने गर्छ ।अहिले एसिडिटी पनि आमसमस्या बन्दै गएको छ । यस्तो हुँदा पेट दुख्ने, पोल्नेजस्ता समस्या पनि हुने गर्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।दाँतको दुखाइ छ भने पनि ल्वाङको चिया सेवन गर्दा हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ । ल्वाङ दाँत दुख्ने समस्याका लागि निकै फाइदाजनक मानिन्छ ।ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ । जान्नुहोस्, ल्वाङका यस्ता १० फाइदाहरू

१। एसिडिटी – ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन।२। मुटुको समस्या – दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।३। घाउ – ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।४। रोगसँग लड्ने क्षमता – यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।५। अनुहारमा चमक – दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।६। नरम छाला – ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।७। कमजोरी भगाउँछ – यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।८। आँखाका लागि – अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।९। दाँत दुखाई – ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।१० -। पिनासयसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव