अज्ञात समुहले राती पसलको ढोका तोडफोड गरि मोबाइल र नगद चोरी

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की / गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर भानुपोखरामा रहेको देबिस्थान मोबाइल पसल तोडफोड गरि मोबाइल र नगद चोरी भएको छ ।बुधबार साझ पसल बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले राती पसलको ढोका तोडफोड गरि नगद, मोबाइल सेट, ब्लुतुत, हेडसेट , लगाएतका इलेक्ट्रोनिक सामानहरु चोरी गरेको देबिस्थान मोबाइल पसलका ब्याबस्थापक जयलाल पन्थीले जानाकारी दिएका छ्न ।बिहिवार बिहान पसल खोल्न आउँदा पसलको ताला सरियाले हानेर तोडेको देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको स्थानीय

नवीन कार्किले बताए । गएराती पसलमा भएको चोरि घटनाको मर्भुङ्ग सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।भानुपोखरा बजारमै रहेको देबिस्थान मोबाईल पसलमा यस्तो चोरीको घटना हुदा स्थानीय बासिमा त्रास फैलिएको छ ।पौष ९ गते घमिरकै वडा कार्यलय तोडफोड गरिएको थियो । त्यति मात्र होइन केही समय अघि घमिर स्वास्थ्य चौकिको बार भत्काएको थियो तर घमिरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया