एपीएफ र न्यू डायमन्डबीच उपाधि भिडन्त हुँदै

प्रकाशित मिति:

काठमाडौं/महिला भलिबलका चिर प्रतिद्वन्दि एपीएफ र न्यू डायमन्डबीच उपाधिका लागि भिडन्त हुने भएको छ ।नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को विहीबार सम्पन्न भएको सेमिफाईनलमा एपीएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लवसंगको भेट पक्का गरेको हो ।अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लवले सेनाको टिएसीलाई ३–० ले पराजित ग¥यो । डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ सेमिफाईनलमा दुई विभागिय टोली एपीएफ र सेनाको टीएसीबीचको खेलमा एपीएफले बाजी मा¥यो ।

अघिल्लो संस्करणको विजेता टिएसीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । अव एपीएफले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लवसंग प्रतिस्पर्धा गर्ने छ । तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लवलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपीएफसंगको भेट पक्का गरेको हो ।भारतीय खेलाडीलाई प्रार्थमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएता पनि खेलाडी विवादका कारण प्रतियोगिता छोडेको थियो । च्याम्पियनसिपमा विजयी शिर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन् । च्याम्पियनसिपको फाईनल अपरान्ह २ः०० बजे पहिलो खेल महिलाको एपीएफ र न्यू डायमन्ड विच र दोश्रो खेल पुरुषको एपीएफ र हेल्प नेपाल विच ४ बजे हुने आयोजकले जनाएको छ ।