सकियो सन्तोष सेनको ‘प्रेमगीत–३’को सम्पूर्ण छायाङ्कन  

प्रकाशित मिति:

काठमाडौं/ सन्तोष सेनको आगामी फिल्म ‘प्रेमगीत–३’ अ फर्विडन लभस्टोरी पिरियड ड्रामा फिल्मको सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ ।निर्माता र निर्देशक सेनका अनुसार प्रोमोशनल गीतको भिडियो बाहेक फिल्मको सम्पूर्ण छायाङ्कन सम्पन्न गरिएको हो ।निर्माता र निर्देशक तथा कलाकार सेनले भन्नुभयो, ‘काठमाडौंमा २५ दिन र मनाङमा ४५ दिन जम्मा ७० दिन लगाएर फिल्मको सम्पूर्ण छायाङ्कन सकियो । अब प्रोमोशनल भिडियोको मात्रै छायाङ्कन बाँकी छ । यो भिडियो पनि चाँडै लोकेशन हेरेर छायाङ्कन गर्नेछौं ।’

फिल्मको सुटिङ सकाएर सम्पूर्ण युनिट काठमाडौं फर्किइसकेको जानकारी दिदै निर्माता÷निर्देशक सेनले भन्नुभयो, ‘फिल्मको फाइनल इडिटिङ हुँदैछ । अब सातारदश दिनपछि फिल्मको प्रोमोशनल सामग्रीहरु सार्वजनिक गर्दै जानेछौं ।’यस अगाडि पनि निर्माता सेनले फिल्मको प्रोमोशन सामग्रीहरु स् टिजर, क्यारेक्टर पोस्टर तथा सुटिङ सेटका तस्वीरहरु सार्वजनिक गर्दै आउनुभएको छ । सार्वजनिक भइसकेका ती प्रोमोशनल सामग्रीहरुले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ, भने दर्शकमाझ थप कौतुहलता थपिरहेको छ ।वर्षकै बहुप्रतिक्षित ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहनेछ ।नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नुभएको हो । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निमाता÷निर्देशक सेनले बताउँदै आउनुभएको छ ।