अमेरिका पुगेकी उपमेयर चार महिनादेखि सम्पर्कविहीन

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  – एक गोष्ठीका लागि नगरपालिकाको प्रतिनिधित्व गर्दै अमेरिका पुगेकी उपमेयर चार महिनादेखि नगरपालिकाले सम्पर्कमा आएकी छैनन् ।कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) विगत चार महिनादेखि अमेरिकामै बेपत्ता भएकी हुन् ।नगरपालिकाको एक स्रोतका अनुसार भ्रमणका लागि अमेरिका पुगेकी दर्शना अमेरिकामै लुकेर बसिरहेकी छन् । त्यस्तै नगरपालिले पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्क विहीन रहेकी बुझिएको छ ।नगरपालिका संघ मार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको दोश्रो साता उपप्रमुख दर्शना अमेरिका गएकी थिइन् । तर, ४ महिना वितिसक्दा पनि उनको नेपाल फर्कने कुनै टुङ्गो नभएको बताइएको छ ।कालीकोटको तिलागुफा नगरपालिका मेयर रत्नबहादुर शाहीसँग उप–मेयर दर्शनाको विषयमा बुझ्दा अहिलेसम्म कुनै सजानकारी गराएकी छैनन् ।

गत १५ डिसेम्बरका दिन एक पटक सम्पर्कमा आउँदा आफू विरामी भएकीले तत्कालै नेपाल फर्कन नसक्ने बताएकी मेयर शाहीले बताए ।तर, त्यसपछिका दिनहरुमा उनी सम्पर्कमा आएकी छैनन् । मेयर शाहीले भने, ‘उहाँलगायत केही नगरपालिकाका मेयर–उपमेयरहरु अमेरिकाको एउटा गोष्ठीमा सहभागी हुन जानुभयो । उपमेयर दर्शनाले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि गरियो । त्यसपछि उहाँ फर्कनु भएको छैन ।’यसरी उपमेयर दन्ता नेपाली (दर्शना) अमेरिकामै हराएपछि नगरपालिकाका महत्वपूर्ण कामहरु थाती रहेका छन् । साथै सेवाग्राहीहरू समेत उपमेयरबाट पाउनुपर्ने सेवाबाट बञ्चित भएका छन् । न्यायिक समितिका काम–कारबाही तथा अनुगमन समेत अलपत्र परेको स्थानीयको भनाइ छ ।अहिले उनी सामाजिक सञ्जालबाट समेत गायब भएकी छन् । कालीकोटको तिलागुफा नगरपालिकाका उपमेयर दन्ता नेपाली (दर्शना) तत्कालीन एनेकपा माओवादीबाट जननिर्वाचित हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने