के २०२० मा २० लाख पर्यटक आउँलान त् ? यस्तो छ तथ्यांक 

प्रकाशित मिति:

काठमाडौं/ नेपालमा पर्यटक आगमन घटेको एउटा तथ्यांकले देखाएको छ । पर्यटन विभागले दिएको तथ्यांक अनुसार पर्यटक भित्रिने वृद्धिदर २ दशमलव शून्य पाँच प्रतिशत मात्र छ । यो ५ वर्षयताकै कम हो ।नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार सन २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल घुम्न आएका छन । भारत, चीन र अमेरिकाबाट आउने पर्यटकको संख्या सन् २०१८ को तुलनामा बढेको छ भने श्रीलंका र बेलायत र अन्य मुलुकबाट आउने पर्यटकको संख्या घटेको छ ।

कुन देश बाट कति पर्यटक आए 

थाइल्यान्ड, अष्ट्रेलिया, जर्मनी, फ्रान्स लगायतका देशबाट पर्यटकहरु नेपाल घुम्न आउँछन । मन्दीले गर्दा अहिले विश्वव्यापी पर्यटन बृद्धिदर घटेको नेपाल पर्यटन बोर्डको भनाइ छ ।नेपालमा पूर्वाधार अभावको कारण पनि अपेक्षा अनुसार पर्यटक भित्र्याउन नसकेको सरोकारवाला को भनाई छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन पुर्वाधार निर्माणमा जोड दिनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ ।